अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार रुपैयाँ घुस सहित ताप्लेजुङबाट मालपोत अधिकृत लेखा पनेरूमहतलाई पक्राउ गरेको छ । कार्यालय प्रमुख समेत रहेकी अधिकृत महतले जग्गा दर्ता कायम गर्ने सिलसिलामा सेवाग्राहीसँग माग गरेको उजुरी परेको थियो ।
सोही उजुरीका आधारमा अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । उनी रकमसहित फुङलिङ नगरपालिका वडा नम्बर ४ स्थित कोप्चेबाट आज पक्राउ परेको अख्तियार प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।
Advertisement







