१ चैत, झापा । बिर्तामोड वडा नम्बर ७ स्थित शहिद नेत्र पार्क यतिबेला विद्यार्थीका लागि अध्ययन केन्द्रको रुपमा बिकास हुँदै गएको छ।

२०४५ सालमा भुटानबाट लखेटिएका शरणार्थीहरु सुन्दर निचाझोडा सामुदायिक बनमा आएर बसोबास गरे संगै जंगल बस्तीमा रुपान्तरण भएको थियो। १० औं हजार शरणार्थीले आश्रय लिएको ठाउँ अन्तरास्ट्रिय निकाय,संघ,संस्थाले सहयोग गरे र उनीहरुको जीवन रक्षा नेपालले गर्यो ।

नेपाली भाषी उनीहरु धर्म ,साहित्य भाषा मिल्ने हजारौं शरणार्थीले जीवन बिताएको स्थान गोलधाप क्याप यति बेला सहिद नेत्र पार्कको नामले परिचीत हुँदै गएको छ।
अहिले सो ठाउँमा भग्नावसेज स्कुल,मन्दिर ,खाध्य गोदाम ,घरका छाप्रा र केही स्थायी संरचना हेर्न र उनीहरुको त्यो बेलाको अवस्थालाई चित्रण गर्न सकिन्छ ।
बाक्ला बस्ती शहरमा झै जोडिएर बनाईएका खर र बासबाट निर्माण गरिएका घरहरु बिजुलीबत्तीको ब्यबस्था थिएन । कुपि टुक्की प्रयोग हुन्थ्यो पटकपटक आगलागी भयो
२०६४ तिर लगभग सिबिर धोस्त भयो त्यस पछि कति तेस्रो मुलुक स्थानान्तरण भए कति अन्य क्षेत्रमा स्थानान्तरण भए र यतिबेला सो स्थान जंगलमा परिणत भएको छ ।

बोटिङ्ग गर्ने पोखरी ,बालबगैंचा ,लगायत केही आकर्षक संरचना निर्माण गरिदै आएको उक्त क्षेत्रमा अहिले विद्यार्थी बालबालिका त्यहा पुग्ने र तिनको बारेमा अध्ययन गर्न प्राकृतिक बाताबरण अझ रमाइलो हुने गरेको अध्यक्ष बद्री प्याकुरेलले जानकारी दिए ।
लामो समय त्यहा बसेका ब्यक्ति तेस्रो मुलुकबाट सम्झने गरेका छन् । जो कोहिका लागि अध्ययन र अवलोकनका लागि महत्त्वपूर्ण गन्तव्य बन्नेछ सहिद नेत्र पार्क ।








