• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मैनालीको जन्मदिनमा मिस्टर कञ्चनकंघा वडि विल्डिङ्ग च्याम्पियनसिपको प्रतियोगिता सम्पन्न


  •    संवाददाता/ आइतबार, फागुन २९, २०७८  

  • गरिमा मल्टिपर्पोज बिर्तामोडका अध्यक्ष अर्जुन मैनालीले जन्मदिनको अवसरमा प्रदेश नम्बर १ कै सर्वाधिक राशिको मिस्टर कञ्चनकंघा वडि विल्डिङ्ग च्याम्पियनसिपको प्रतियोगिता सम्पन्न गराएका छन् ।

    प्रतियोगिताको उपाधी विकास तामाङले जितेका छन् ।
    शनिबार बिर्तामोडमा आयोजना गरीएको वडि विल्डिङ्ग च्याम्पियनसिपको फाइनल खेलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागी खेलाडी ट्याग नम्बर ५२ का तामाङले उपाधी हात पारेका हुन् ।
    यस्तै प्रतियोगिताको फस्ट रनरअपमा आयोजक वडि ग्यारेज बिर्तामोडका खेलाडी ट्याग नम्बर ४७ का चन्द्रकुमार लिम्बु र सेकेण्ड रनरअपमा यारो फिट्नेस बेलबारीका खेलाडी ट्याग नम्बर ३३का मनोज सुवेदीले उपाधी हात पारेका छन् ।

    Advertisement

    यस्तै प्रतियोगिताको चौँथो र पाँचौ स्थानमा क्रमश नट्रीहन फिट्नेसका खेलाडी ट्याग नम्बर १९का कमल तामाङ,गोल्डेन फिट्नेसका खेलाडी ट्याग नम्बर ३ का हर्कबहादुर राई विजयी भए ।
    प्रतियोगिताको ओभरल च्याम्पियनले नगद तीन लाख रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् ।यस्तै फस्ट रनरअपले २ लाख, सेकेण्ड रनरअपले १ लाख र चौँथो र पाँचौ स्थान ओगट्न सफल विजेताहरुले ७५ हजार र ५० हजार रुपैयाँ नगद सहित ट्रफी,प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै लेडिज च्याम्पियनसिप तर्फ सहभागी एक जना खेलाडी सलिना राईले पनि नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र जितिन् ।

    Advertisement

    विजेता खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास मन्त्रालय प्रदेश १का सचिव दिर्घराज मैनालीले विजेता खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए । ५५,६०,६५,७० के.जी र ७० के.जी भन्दा माथीको तौल समुहमा सहभागी भएका ४४ जना पुरुष खेलाडीहरुमध्ये ३० जना प्रि जजिङ्गबाट फाइनलको लागि छनोटमा परेका थिए ।

    प्रतियोगिताको जजहरुमा शारीरिक सुगठन संघका सदस्य तथा जज कमिटी अध्यक्ष शिवलाल श्रेष्ठ,राष्ट्रिय खेलकुद परिषद सदस्य राजेन्द्ररत्न तुलाधर,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायक अजय बज्राचार्य,एशियन रेफ्रि शिव मुखिया,राष्ट्रिय निर्णायक केशव नागा,रणबहादुर थेवे,हरि धिमाल,दिपेश पाठक,पूर्ण तामाङ र सीता राई श्रेष्ठ रहेका थिए ।

    प्रतियोगिताको अन्य संस्करण प्रत्येक २ वर्षमा आयोजना गरीने आयोजक समितिका अध्यक्ष मैनालीले जानकारी दिए। प्रतियोगिता बिर्तामोड नगरपालिका ५ मा रहेको बडी ग्यारेजको आयोजना तथा गरिमा मल्टिपर्पोज बिर्तामोड २ चारपानेको मुख्य प्रायोजनमा आयोजना गरीएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.