• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
मङ्गलबार, कार्तिक ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

नेपालमा नारी दिवस


  •    अस्मिता साँखी / मङ्गलबार, फागुन २४, २०७८  

  • अस्मिता साँखी

    आज बिश्व भरी नै विभिन्न कार्यक्रम गर्दै नारी दिबस मनाइदैछ । यसरी नै आज नेपालमा पनि नारी दिबस मनाइ नै रहेका छन तर किन नारी मनाईदैछ दिबस र के भएर नारी दिबस मनाइदै छ भनेर चैँ धेरैलाई थाहा छैन । आज लगभग सबै जागिरे महिलाले बिदा पनि पाएका छन, विभिन्न कार्यक्रमको आयोजना हुदैछन, मन्च तयार छ, भासण तयार छन् ।

    Advertisement

    घर भित्र हुने गरेको अन्याय अब घर घरबाटै अन्त्य होस,परिवारिक न्यायको लागि अदालत धाउनुपर्ने बाध्यता कुनै महिलालाई नआओस । नारी दिबसको नारा दैनिक जिबनमा प्रत्येक नारीहरुका लागि सार्थक बनोस धेरै सम्मानका साथ शुभकामना ।

    Advertisement

    बिश्व नारी दिबस बिदेशीहरुको लागि मात्र ठिक छ भन्दा केही फरक नपर्ला, इतिहास पल्टाएर हेर्दा नारी दिवस मनाउनुपर्ने गरी आजको दिन नेपालमा त्यस्तो खास केही भएको देखिदैन । आज बाहेक अरु धेरै दिन र कारणहरु छन नारी दिबस भनेर मनाउनको लागि नेपालमा । तर कसैलाई सम्झना आउदैन त्यो दिन जुन दिन श्रीमान मरेपछि एउटि महिला जीउँदै चितामा जल्नु पर्ने कुप्रथा ‘सती प्रथा’ अन्त्य भएको दिन अनि महिला पुरुष बराबर भन्दै छोराछोरी दुबैले बिद्यालय जान झोला बोकेको दिन । यस्ता अरु दिन पनि छन सम्झना गर्नु पर्ने तर खै किन हाम्रो नेपाली समाज बिदेशी संस्कारको बिरोध गरे झैं गर्दै फेरि त्यही बिदेशीकै पछि पछि कुदिरहेको छ । मैले यसो भनी रहँदा नारी दिबसको बिरोध चैँ गर्न खोजेको होइन तर यति कुरा चै निर्धक्क भएर भन्न सक्छु कि आजको दिन नारी दिबसले नेपाली समाजको कुनै छोरीलाइ न्याय दिइएको छैन ।

    दिनभर नारी दिबस मनाउने, महिला अधिकार र सहभागिताको कुरा उठाउँदै भासण गर्ने, सामाजिक संजालका भित्ता रंगाउने तर बेलुका घरमा पुगेपछी हिंसा सुरु गर्ने । अझै पनि महिलालाई बोक्सीको आरोपमा उत्पीडन दिने, आफ्नी छोरी रजस्वला हुँदा एक्लै गोठमा लगेर राख्न सक्ने । यस्तो समाजले भान्साको काम छोरा छोरी दुबैले गर्नुपर्छ भन्दा जिब्रो बाहिर निकालेर एउटी महिलाको कुरा काट्नु त ठूलो कुरा नै भएन नि !

    जस्तो सुकै समानताको नारा ल्याए पनि महिला हिंसा र महिलालाई होच्याउने प्रवृत्ति अलिकति नि अन्त्य भएको जस्तो लग्दैन । फरक यति हो कोहि महिला भित्रभित्रै चुपचाप बसेर सब ठिक छ को आवाज निकाल्छन, कोहि महिला न्यायको लागि अदालत सम्म चैँ पुग्ने गरेका छन । त्यसो त महिला हिंसा पुरुषको कारणले मात्र भएको हुदै होइन महिला पनि उत्तिकै जिम्मेवार छन, एउटि महिलाले अर्कि महिलाको खुट्टा तान्नेको कमि छैन ।

    नेपाली समाजमा समाजसेवी भएर महिला समानता, हक अधिकार र बलियो भएर अगाडि बढनु पर्छ भन्दै उत्कृष्ट भासण दिएर आउने र बेलुका घरमा आएर श्रीमती पिट्न सम्म सक्ने पुरुष यहि समाजको पिलर भएर उभिरहेका छन । महिला पुरुष बराबर भन्ने नारा त नारामै मात्र सिमित छ, असमान ज्याला देखि , समाजका सबै क्षेत्रमा असमानता नै असमानताले पछी पर्न बाध्य छन नेपाली महिलाहरु । त्यसो त देशको गरिमामय पद अर्थात् देशको अभिभावक रास्ट्रपति नै महिला हुनुहुन्छ तर कुरा पद र संविधानमा लेखिएको अधिकारको होइन सबै नेपाली महिलाले पुरुष सरह समान अधिकार, अवसर सहित हिंसारहित वातावरण पाउनुपर्छ भन्ने हो ।

    बिश्व नारी दिबस के का लागि र किन ? दिनदिनै महिला हिंसा किन बढ्दै छ ? किन बालिका सुरक्षीत छैनन ? एउटि महिला घरबाट बाहिर निस्केर केही गर्न किन १० औं पटक सोच्नु पर्ने ? भान्सा कोठा भित्र मात्र सिमित रहनु पर्ने एउटी महिलाले कहिले छुट्टी पाउने ? बालिका देखि सबै नारीहरु सधैं घर देखि पर सम्म डराएर बस्नु पर्छ किन ? के यस्ता दिबसले अलिकती पनि महिला हिंसा अन्त्य गर्न मद्दत गरेको रेकर्ड छ ?

    घर भित्र हुने गरेको अन्याय अब घर घरबाटै अन्त्य होस,परिवारिक न्यायको लागि अदालत धाउनुपर्ने बाध्यता कुनै महिलालाई नआओस । छोरीलाइ देबिको नाम दिने समाजले सधैं देबिको स्थान दिने गरौं, नारीको समान गरौं, माया गरौं, खुशी दिने प्रयास गरौं, कुनै पनि परिवारले आफ्नो छोरीलाई न्याय र अधिकार दिन सक्दैन त्यो अधिकार र न्याय कुनै अदालतमा गएर पनि पाउन सकिदैन , नारी दिबसको सबैलाई धेरै शुभकामना, नारी दिबसको नारा दैनिक जिबनमा प्रत्येक नारीहरुका लागि सार्थक बनोस धेरै सम्मानका साथ शुभकामना ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा
    अर्जुनधारा माविमा दशैँ बिदाको मौका छोपी चोरी
    एनपीएलमा साबिक विजेता लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम स्तब्ध
    ताजा अपडेट
    • अन्तरजिल्ला र बाह्य मतदानबारे निर्वाचन आयोगको प्रस्ताव गृह मन्त्रालयमा
    • अर्जुनधारा माविमा दशैँ बिदाको मौका छोपी चोरी
    • एनपीएलमा साबिक विजेता लुम्बिनीको विजयी सुरुवात, सुदूरपश्चिम स्तब्ध
    • २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
    • एनपीएलको तेस्रो संस्करण आजदेखि, लुम्बिनी र सुदूरपश्चिम भिड्दै
    • एनपीएल विजेताले १ कराेड ५० लाख पाउने
    • आज कोजाग्रत पूर्णिमा: बडादशैं बिदा गर्दै लक्ष्मीको स्वागत गरिँदै
    • जिल्ला प्रशासन कार्यालय झापाले बिदाको दिन पनि विशेष सेवा दिदैं
    • झापामा चर्को आवाजमा डीजे बजाउन प्रतिबन्ध
    • कर्णाली याक्सबाट डेभिड मिलरले एनपीएल खेल्ने

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.