झापाको अर्जुनधारा नगरपालिका वडा नं.४ स्थित श्री अर्जुनधारा माध्यमिक विद्यालयमा बडादशैंको बिदाको समयमा चोरी भएको घटना बाहिरिएको छ ।
विद्यालयको तालाचाबी सही अवस्थामा रहे पनि भित्र रहेका बहुमूल्य सामानहरू चोरी भएको विद्यालयका विद्यालयका प्रधानाध्यापक बेदमाया निरौलाले सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन् ।
विद्यालय स्रोतका अनुसार बिदा सकिएपछि कात्तिक ९ गते विद्यालय खोलेको समयमा मात्र चोरी भएको घटना बाहिर आएको हो ।
चोरीबाट विद्यालयको ३० क्युफिट (४/३ इन्च साइजको) सखुवाको काठ, विद्युतीय वाइरिङका तारहरू तथा खानेपानीका लागि जडान गरिएको मोटरसहित करिब १ लाख ४० हजार रुपैयाँ बराबरको सामान हराएको पाइएको हो ।
यसैबीच विद्यालयले शंकास्पद काठ खरिद-बिक्रीमा पनि निगरानीको अपिल विद्यालयले बिनाबिलका ३ देखि ६ फिटसम्मका ४/३ इन्च साइजका सखुवाका काठहरू कसैले बिक्रीका लागि ल्याएमा वा शंकास्पद गतिविधि देखेमा तुरुन्तै खबर गर्दिन अनुरोध समेत गरेको छ ।







