५ फागुन, बिर्तामोड ।
बालमैत्री विद्यालय निर्माणका लागि २ दिने बालक्लव फोकल पर्सन तथा बाल क्लव अध्यक्ष प्रशिक्षण बिर्तामोडमा सुरु भएको छ ।
बिर्तामोड नगरपालिकाको सहयोगमा बालबालिका तथा शिक्षा संचार मञ्च नेपालसँगको समन्वयमा समय सञ्जाल मिडियाले आयोजना गरेको कार्यक्रममा बिर्तामोड नगरभरीका ७५ वटा सामुदायिक, संस्थागत एवम् धार्मिक विद्यालयका बालक्लव फोकल पर्सन शिक्षक एवम् बालक्लवका अध्यक्षहरुको सहभागिता रहेको छ ।
बिर्तामोडको सैनिकमोड स्थित गौरवती सतानुसिंह राजबंशी स्मृती प्रतिस्ठानको सभाहलमा आयोजित कार्यक्रमको पहिलो दिन बिहिबार फोकल पर्सन शिक्षकहरुको सहभागिता रहेको थियो भने दोश्रो दिन शुक्रबार बालक्लवका अध्यक्ष विद्यार्थीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
आज भएको कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईले बालबालिका देशको भविष्य भएकाले उनीहरुको अधिकार र बिकासका लागि नगरपालिकाका तर्फबाट सक्दो पहलकदमी लिने बताईन । त्यस्तै कार्यक्रममा बोल्दै बिर्तामोड नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तिलचन भण्डारीले बालबालिकाको सर्वागिंण विकासको लागि शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने भएकाले शिक्षकहरुलाई तालिम मार्फत यस सम्बन्धि जानकारी दिन खोजिएको बताए ।
्यस्तै प्याब्सन बिर्तामोड अध्यक्ष उत्तम खनालले कोभिड महामारी एवम् अन्य कारण संस्थागत विद्यालयमा बालक्लवका लागि गर्नुपर्ने जती काम गर्न नसकिएको स्विकार्दै आगामी दिनहरुमा बालबालिका तथा शिक्षा संचार मञ्चसँगको सहकार्यमा रणनितिक योजना निर्माण गर्दै अघिबढ्ने प्रतिबद्धता जनाए । २ दिन चल्ने कार्यक्रमको सहजीकरण राष्ट्रिय बाल अधिकार परिषद्का अधिकृत सुमन अधिकारीले गरीरहेका छन ।







