• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रेस चौतारीले मनायो २४ औं स्थापना दिवस


  •    संवाददाता/ शनिबार, माघ २२, २०७८  

  • २२ माघ, बिर्तामोड । प्रेस चौतारी नेपाल झापाको आयोजनामा एकदिने पत्रकारिता आचारसंहिता सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।

    प्रेस चौतारी झापाको २४ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा आचारसंहिता विषयक अन्तरक्रियामा प्रेस काउन्सिल नेपालका सदस्य गणेश पोखरेलले सहजीकरण गरेका थिए ।
    उनले पत्रकारितामा पालना गर्नुपर्ने आचारसंहिताका बारेमा चौतारीमा आवद्ध सदस्यहरुलाई सहजीकरण गरेका हुन् । कार्यक्रममा सहभागीहरुले राखेको जिज्ञासामा पोखरेलले स्पष्ट बनाएका थिए । आचारसंहिता पालना गरेर मात्रै पत्रकारिता गर्न उनको सूझाव थियो ।

    Advertisement

    प्रेस चौतारी नेपाल झापाद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले आफ्नो सिङ्गो पार्टी समयमा नै चुनाव गराउन परमादेशबाट बनेको सरकारलाई दबाव दिइरहेको बताएका छन् । उनले स्थानीय निर्वाचन गर्न पनि दबाव दिइरहनु परेको बताए ।
    अध्यक्ष कार्कीले एमालेको दबाव नभए परमादेशी सरकार निर्वाचन गर्न तयार नहुने बताउँदै प्रेस चौतारीलाई निर्वाचनका लागि पार्टीको एजेण्डाको पक्षमा कलम चलाउन आग्रह गरे । चौतारी पार्टीको जनसंगठन भएकाले राजनीतिक रूपमा एमालेलाई सबल बनाउन महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

    Advertisement

    सो कार्यक्रममा प्रेस चौतारी नेपालको स्थापनादेखि हालसम्मको अवस्थाका बारेमा संगठनका केन्द्रीय सदस्य तथा पूर्व जिल्ला अध्यक्ष गोपाल काफ्लेले प्रकाश पारेका थिए ।

    प्रेस चौतारी झापाका अध्यक्ष मनकुमार गदालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य सन्तोष आचार्य, पार्टीका प्रदेश कमिटी सदस्य सोमनाथ पोर्तेल र बिर्तामोड उध्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली लगायतले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गरेका थिए । उपाध्यक्ष प्रदीप परियारले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव प्रकाश पौडेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.