• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

झापामा कृपा पौडेल जिताउ अभियान


  •    संवाददाता/ बुधबार, माघ १२, २०७८  

  • १२ माघ, बिर्तामोड ।
    नेपालकै चर्चीत रियालिटी सो ‘सारेगमप लिटल च्याम्प’ को टप ५ मा पर्न सफल कृपा पौडेललाई जिताउन झापामा अभियान नै सञ्चालन भएको छ ।
    बिर्तामोड नगरपालिका वडा नं. २ का अध्यक्ष समेत रहेका नगेन्द्र संग्रौला कृपा जिताऔं अभियानका अध्यक्ष रहेका छन् । उनले २ देखि २ सय ५० बढी संघ÷संस्थाको अभियानमा साथ र सहयोग रहेको बताए । उनले सामान्य परिवारकी कृपा झापाकी शान मात्र नभएर स्वरकी धनी पनि भएकाले उनलाई जिताउन सवैलाई आग्रह गरेका छन् ।
    विर्तामोड –२ चारपानेकी १४ वर्षीया वालगायिका कृपाका बुबा कुमार पौडेलले बुधवार बिर्तामोडमा पत्रकार भेटघाट गर्दै छोरीलाई भोट दिएर अन्तर्राष्ट्रिय गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को बिजेता बनाउन सवै समक्ष आग्रह गरेका छन् ।
    उक्त रियालिटी सो को अडिसनमा देश तथा विदेशबाट सहभागी ३५ हजार पाँच सयभन्दा बढी बाल प्रतियोगीलाई पछि पार्दै टप ५ मा छनौट भएर फाइनल राउण्डमा प्रवेश गरेकी उनलाई भोट गरेर विजेता बनाउन उनका बुबा पौडेलले सवैलाई आग्रह गरेकी हुन् ।
    उक्त रियालिटी सो को फाइनल आगामी माघ २२ गते हुने र कृपालाई २२ गते वेलुका ९ बजेसम्म भोट गर्न सकिने बताइएको छ ।
    गतवर्ष १३ वर्षकै उमेरमा शिव ताण्डव स्तोत्र पाठ गरी म्युजिक भिडियो समेत निकालेर चर्चा बटुलेकी कृपाले ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’मा पनि सहभागी भएर अब्बल प्रस्तुति दिएर निर्णायक र ग्राण्ड जुरी मेम्बरको वाहवाही पाइरहेकी छिन् ।
    बिर्तामोडस्थित चारपानेको मोहनमाया माविमा कक्षा ९ मा अध्ययनरत् कृपा विर्तामोडको सरगम संगीतालय र सप्तक म्युजिक क्लास बिर्तामोडमा संगीत सिक्दै गरेकी छिन् ।
    कृपाका बुबा पौडेलले भने ‘कृपाको जीत नै समस्त झापावासीको जीत भएकाले कृपालाई वढी भन्दा वढी भोट दिएर रियल सारेगमप लिटिल च्याम्प्स नेपाल’को विजेता वनाउन सवैलाई आग्रह गरेका छन् ।
    हरेक शुक्रबार र शनिबार बेलुका ९ बजे ग्यालेक्सी फोरके र डोको युट्युब च्यानलबाट प्रसारण भइरहेको ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ को बिजेता बनाउन मोवाइलको म्यासेज वक्समा गएर एसजीएमपी स्पेस ०९ टाइप गरेर ३३००१मा सेण्ड गर्न मोबाइलको म्यासेज बक्स मा गएर (एसजीएमपि) टाइप गरेर ३३००१ मा सेन्ड गर्न बुबा पौडेलले आग्रह गरेका छन् । त्यसैगरी मोमो एप्स डाउनलोड गरेर देश तथा विदेशबाट एकमुस्ट भोट गर्न सकिने उनले उनले बताए ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.