झापा । गौरादह नगरपालिका खेलकुद बिकास समितीले संचालन गरेको प्रथम मेयरकप अन्तर पालिका स्तरीय कराते प्रतियोगिताका बिजयी खेलाडी लाई पुरस्कार बितरण गरेको छ।
गत पौष २३ र २४ गते सम्पन्न प्रतियोगितामा बिर्तामोड नगरपालिकाबाट १० जना खेलाडी बिजयी भएका थिए। प्रतियोगितामा मेनुका मगर,साङ्साङ्ग लिम्बू र विशाल राई तिनजनाले प्रथम स्थान हासिल गरेका थिए ।
यस्तै दोश्रो स्थान हासिल गर्नेमा पुजा दर्नाल,मेनुका मगर(काता) र तृतीय हुनेमा राजुनानी अधिकारी ,राम तामाङ अरुण लिम्बू इक्सा लिम्बू भिमराज राई र प्रियङ्का राई बिजयी भएका हुन् ।
बिर्तामोड नगर खेलकुद बिकास समितिले आज एक कार्यक्रमका बिच खेलाडी लाई मेडल ,ट्रफी , प्रमाणपत्र र नगरको तर्फबाट ट्राकसुट बितरण गरिएको समितिका अध्यक्ष टीका संग्रौलाले बताए ।
अध्यक्ष संग्रौलाको अध्यक्षता रहेको कार्यक्रममा करातेका पुर्व प्रमुख प्रशिक्षक मदन कुमार उप्रेती शिक्षा शाखा प्रमुख तिलचन भण्डारी वडा नम्बर ३ का वडाध्यक्ष भोजराज सिटौलाले खेलाडी लाई शुभकामना राखेका थिए कार्यक्रमको संचालन समितिका उपाध्यक्ष दुर्गा निरौलाले गरेका थिए।







