३० पुस, बिर्तामोड । झापा बिर्तामोडमा वरिष्ठ लोक गायक सुरेश गन्धर्वलाई सम्मान गरिएको छ । सोही अवसरमा बिर्तामोडस्थित बालमिकी बिद्यालयको कक्षा २ अध्ययनरत ७ बर्षिया रोहिता तिम्सिनाले लोक गायक गन्धर्वको गीत गाएकी छिन् ।
बाल गायिका रोहिताले ‘रिङ्की बुङ्गको राँगोलाई’ बोलको लोक गायक गन्धर्वको गीतलाई गाएर सवैलाई मनोरञ्जन दिलाएकी थिइन् । बालगायिका रोहिताले लोक गायक गन्धर्वको रिङ्की बुङ्गको राँगालाई बोलको गीत किड्स भर्जन समेत गाएर दर्शकमाझ ल्याउने भएकी छिन् ।
बिर्तामोडको सरगम संगितालयका सञ्चालक दिपक रायमाझीले लोक गायक गन्धर्वलाई शुक्रवार बिर्तामोडस्थित सरगम संगितालयमा सम्मान गरेका थिए । सोही कार्यक्रमकाबीच बालगायिका रोहिताले लोक गायक गन्धर्वको गीत गाएर सवैलाई आचार्यचकित बनाएकी उनका बुबा राम तिम्सिनाले बताए ।
रोहिताले गन्धर्वको उक्त गीत किड्स भर्जन गाएर एक हप्तापछि युट्वमार्फत सार्वजनिक गर्ने उनका बुबा रामले जानकारी दिएका छन् ।







