झापा । बिर्तामाेडमा रहेकाे वीर अमरसिंह माध्यमिक बिद्यालयका कार्यालय सहयोगी पदम बहादुर बिस्ट लाई बिदाई गरेको छ।
४५ बर्ष लामो समय बिद्यालयको कर्मचारीको रुपमा कार्यरत रहेका बिस्ट लाई नगद ५ लाख ५० हजार सहित बिदाई गरेको ब्यबस्थापन समिति अध्यक्ष किशोर पौडेलले बताए ।
निजि श्रोत बाट कार्यरत बिस्टलाई बिद्यालयको श्रोत बाट आर्थिक ब्यबस्थापन गरेको प्रध्यानाध्यापक यदुनाथ अधिकारीले बताए ।
अध्यक्ष पौडेल ,प्रधानाध्यापक अधिकारी ,ब्यबस्थापन समिति सदस्य धर्म लक्समंबा सल्लाहकार संयोजक प्रेम प्रकाश ओलिले बिस्टको योगदानको चर्चा गर्दै बाँकी जीवन शुभकामना दिएका थिए ।
Advertisement







