• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बिद्यार्थी कुट्ने शिक्षकलाई बिद्यालयले गर्यो निस्काशन


  •    संवाददाता/ शनिबार, मङि्सर १८, २०७८  

  • १८ कार्तिक,  बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका– ५ को सुनगाभा इङ्लिस स्कुलले बिद्यार्थीलाई कुट्ने शिक्षकलाई जागिरबाट निस्काशन गरिएको छ ।

    विद्यालयका शिक्षक विकास पोखरेलले कक्षा ३ मा अध्ययनरत ९ वर्षीय विद्यार्थी अविरल तिम्सिनालाई बुधवार गृहकार्य नगरेको भन्दै कक्षा कोठामा निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट बालक तिम्सिनाको तिघ्रामा सुम्लो समेत बसेको छ । सोही विषयलाई लिएर बिद्यालय प्रशासनले शिक्षक पोखरेललाई जागिरबाट निस्काशन गरेको जनाएको छ ।

    Advertisement

    घटना पश्चात बिद्यालयले बालकका अभिभावक आफन्त, स्थानीय, जनप्रतिनिधि, प्रहरीसँगको छलफल पश्चात भएको निर्णयका आधारमा शिक्षक पोखरेललाई बिद्यालयबाट हटाइएको प्रधानाध्यापक मिलन श्रेष्ठले बताए । उनले घटना पश्चात भएको छलफलबाट दुईपक्षविच सहमति भएपनि केहि सञ्चार माध्यममा सहमतिको कुरा नसमेटिएको बताए । बिद्यालयमा घटेको उक्त घटना स्वीकार गर्दै प्रधानाध्यापक श्रेष्ठले अव उप्रान्त बिद्यालयमा यस्ता घटना नदोहोरिने प्रतिवद्धता समेत ब्यक्त गरे ।

    Advertisement

    कुटपिटबाट घाइते भएका बालक तिम्सिनाको स्वास्थ्य परिक्षण बिद्यालयले गरेको समेत उनले बताए । अविरलकी आमा अञ्जना तिम्सिनाले कसैले आफ्ना छोराछोरीलाई कुट्दा सहन नसकीने बताउँदै बिद्यालयले छोराको उपचार गर्ने, शिक्षकलाई निस्काशन गर्नेलगायतका निर्णय भएको बताइन् । ‘आजसम्म बिद्यालयमा त्यस्तो भएको थिएन’ तिम्सिनाले भनिन् ‘बिद्यालयप्रति मेरो कुनै गुनासो छैन ।’ उनले अहिले छोरो उक्त बिद्यालयमा अध्ययनरत रहेको बताइन् ।

    बिद्यालय, अभिभावक, स्थानीय, प्रहरी, जनप्रतिनिधिहरुविच विहिबार भएको छलफलमा कुटपिटमा संलग्न शिक्षकलाई निस्काशन साथै गलत कार्य गरेको भन्दै प्याब्सनमा रिपोर्ट गर्ने, पीडित बालकको उपचारको प्रक्रिया अगाडि वढाउनेलगायतका सहमति भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.