१६ कार्तिक, बिर्तामोड । एचपी लुब्रीकेन्टको ३ दिने ‘फ्री बाईक सर्भिस क्याम्प’ धनलाल मोटरसाइकल वर्कसप कचनकवल-२ बगान बजारमा सुरु भएको छ ।

हिन्दुस्तान पेट्रोलियम एचपी लुब्रीकेन्टको नेपाल वितरक एमएडब्लुको आयोजनामा बिर्तामोडका लागि आधिकारिक डिलर बिएन इन्टरप्राईजेज मार्फत फ्री बाईक सर्भिस क्याम्प संचालन गरिएको हो ।
दिपावली तथा छठपर्वको अवसर पारेर मंगलबारबाट सुरु भएको क्याम्प ३ दिन अर्थात कार्तिक १८ गते बिहिबारसम्म चल्ने एमएडब्लुका रिजनल सेल्स अफिसर सृजन घिमिरेले जानकारी दिए ।

सर्भिस क्याम्प अवधिभर जुनसुकै ब्रान्ड तथा मोडलका बाईक तथा स्कुटर सर्भिस गर्दा शुल्क नलाग्ने र पार्ट्स र लुब्रीकेन्टमा समेत १० प्रतिशत छुटको व्यबस्था गरिएको बिएन प्रोपाईटर नरेन्द्र बहादुर खड्काले बताएका छन ।

त्यस्तै क्याम्पको अवसरमा टि सर्ट, किरिङं र आकर्षक उपहार पनि पाउन सकिने जनाईएको छ । उच्चस्तरीय क्वालिटीको एचपी लुब्रीकेन्ट बजाज, यमाहा, हिरो, होण्डा, सुजुकी एवम् अन्य जुनसुकै ब्रान्डका लागि उपयुक्त रहेकाले ढुक्क भएर धनलाल मोटरसाईकल वर्कसपमा सम्पर्क गर्न वर्कसपका संचालक धनलाल राजवंशीले आग्रह गरे । आज पहिलो दिन ४५ वटा मोटरसाइकल निशुल्क सर्भिस गरिएको राजवंशीले जानकारी दिए ।







