२२ असोज, बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भईरहेको वडास्तरिय फुटबल प्रतियोगितामा वडा नम्बर ४ फाइनल प्रवेश गरेको छ । बिर्तामोड नगर खेलकुद बिकास समितिको आयोजनामा संचालित प्रतियोगिता अन्तर्गत शनिबार भएको दोश्रो सेमिफाइनल खेलमा वडा नम्बर १० लाई पराजित गर्दै वडा नम्बर ४ उपाधी नजिक पुगेको हो ।

निर्धारित समय २।२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा ५।४ गोल अन्तरले वडा नम्बर ४ विजयी बनेको हो । निर्धारित समयमा वडा ४ का नरेन लिम्बू र रमेश गुरुङले १। १ गोल गरे भने वडा नम्बर १० का लागि अभिषेक गुरुङले २ गोल गरेका थिए ।
खेलको म्यान अफ त म्याच वडा नम्बर ४ का योगेश गुरुङ घोषित भए । फाइनल खेल आगामी सोमबार वडा नम्बर ६ र ४ बिच हुने उपाध्यक्ष केशव भण्डारीले जानकारी दिए । यसअघि हिजो सम्पन्न पहिलो सेमीफाईनलमा वडा नम्बर ७ लाई हराउदै वडा नम्बर ६ फाईनलमा पुगेको छ ।







