झापा । बिर्तामोड वडास्तरीय फुटबल प्रतियोगितामा अन्तर्गत सेमिफाईनल चरणका खेलहरु आजबाट शुरु हुँदैछ ।
आज हुने पहिलो सेमिफाईनलमा वडा नम्बर ६ र ७ बीच प्रतिष्पर्धा हुनेछ । खेल दिउँसो तिन बजेपछि महेन्द्र ज्योति माविको मैदानमा शुरु हुनेछ ।
हिजोको खेलमा बिजयी हुँदै वडा नम्बर ६ र ४ सेमिफाईनल प्रबेश गरेका छन् । नम्बर ६ ले वडा नम्बर ९ लाई ३÷१ ले तथा वडा नम्बर ४ ले २ लाई ८÷१ गोल अन्तरले पराजीत गर्दै सेमिफाइनलको यात्रा तय गरेका हुन् ।
Advertisement
फाईनल खेलको विजेताले नगद ७५ हजार र उपविजेताले नगद ५० हजारसहित ट्रफी मेडल पुरस्कार पाउने आयोजकले जनाएको छ।







