झापा । बिर्तामोड वडा स्तरीय फुटबल खेलमा वडा नम्बर ६ ले वडा नम्बर ९ लाई एकका विरुद्ध ३ गोलले पराजित गर्दै जित हासिल गरेको छ ।
वडा नम्बर १० स्थित महेन्द्र ज्योति माबीको खेल मैदानमा बिहीबार भएको खेलमा वडा नम्बर ६ का राजा कार्की र रोशन गुरुङले १/१ गोल गरेका थिए भने ९ नम्बरले आत्मघाती गोल गरे संगै बुट्टावारि सेमिफाइनलमा प्रवेश गरेको हो ।
यस्तै वडा नम्बर ९ का तर्फबाट दिल बहादुर सार्कीले १ गोल फर्काएका थिए भने खेलको म्यान अफ त म्याच रोशन गुरुङ घोषित भए ।
यस्तै अर्को दोश्रो खेलमा वडा नम्बर ४ ले २ लाई १ का विरुद्ध ८ गोल प्रहार गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ ।
वडा नम्बर ४ लाई बिजयी गराउन हिसुब थपलिया नरेन्द्र मणि लिम्बुले १/१ रमेश गुरुङले २ र योगेश गुरुङ ४ गोल गरेका थिए ।
नगर खेलकुद बिकास समिति अध्यक्ष टीका संग्रौलाको अध्यक्षता रहेको कार्यक्रममा वडा नम्बर १० का वडाध्यक्ष दुर्योधन गुरुङ २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले शुभकामना राखेका थिए ।

खेलको म्यान अफ त म्याच योगेश गुरुङ घोषित भए कार्यक्रमको संचालन समितिका उपाध्यक्ष केशव भण्डारीले गरेका थिए ।
शुक्रबारको खेल वडा नम्बर ६ र ७ बिच हुने समितिका बद्री प्याकुरेलले जानकारी दिए।







