१९ असोज, ईटहरी ।
एचपी लुब्रीकेन्टको ३ दिने फ्री बाईक सर्भिस क्याम्प मुन्ना पावर वास एण्ड मोटरसाइकल वर्कसप मोरगंको बलियामा सुरु भएको छ । हिन्दुस्तान पेट्रोलियम एचपी लुब्रीकेन्टको नेपाल वितरक एमएडब्लुको आयोजनामा ईटहरीकालागि आधिकारिक डिलर प्रनिक ट्रेड एण्ड सप्लायर्स मार्फत फ्री बाईक सर्भिस क्याम्प संचालन गरिएको हो । मंगलबारबाट सुरु भएको क्याम्प ३ दिन अर्थात असोज २१ गते गते बिहिबारसम्म चल्ने एमएडब्लुका रिजनल सेल्स अफिसर सृजन घिमिरेले जानकारी दिए ।

सर्भिस क्याम्प अवधिभर जुनसुकै ब्रान्ड तथा मोडलका बाईक तथा स्कुटर सर्भिस गर्दा शुल्क नलाग्ने र पार्ट्स र लुब्रीकेन्टमा समेत १० प्रतिशत छुट दिईने प्रनिक ट्रेड एण्ड सप्लायर्स ईटहरीका प्रोपाईटर श्याम थापाले बताएका छन । त्यस्तै क्याम्पको अवसरमा टि सर्ट, किरिङं र आकर्षक उपहार पनि पाउन सकिने जनाईएको छ । उच्चस्तरीय क्वालिटीको एचपी लुब्रीकेन्ट बजाज, यमाहा, हिरो, होण्डा, सुजुकी एवम् अन्य जुनसुकै ब्रान्डका लागि उपयुक्त रहेकाले ढुक्क भएर मुन्ना मोटरसाईकल वर्कसपमा सम्पर्क गर्न वर्कसपका संचालक मोहम्मद मुन्ना सिद्दीकीलेआग्रह गरे ।

यसैबिच, एचपिले फ्री बाईक सर्भिस क्याम्प सम्पन्न गरेको छ । उर्लाबारीको कृज मोटरसाइकल वर्कसपमा चैत २६,२७ र २८ गते फ्री सर्भिस क्याम्प सम्पन्न भएको हो । सो अवसरमा १ सय ५० वटा मोटरसाइकलको निशुल्क सर्भिस गरिएको वर्कसपका संचालक कैलास थापाले जानकारी दिए ।








