झापा । बिर्तामोडमा आजबाट तेस्रो वडास्तरीय फुटवल प्रतियोगिता शुरु हुँदैछ ।
नगर खेलकुद विकास समिति बिर्तामोडको आयोजना तथा वडा खेलकुद विकास समिति बिर्तामोड नगरपालिका १० को सह आयोजनामा सञ्चालन हुने प्रतियोगीताको उद्घाट्न खेलमा आज वडा नंबर ६ र ८ बिच प्रतिष्पर्धा हुने भएको छ ।
खेल बिर्तामोड १० स्थित महेन्द्र ज्योती माविको मैदानमा दिउँसो ३ बजेपछि शुरु हुनेछ ।
२५ गतेसम्म हुने वडास्तरीय फुटवल प्रतियोगीतामा बिर्तामोड नगर पालिकाकै १० वटा वडाबाट खेलाडीहरुको सहभागिता रहने नगर खेलकुद विकास समिति बिर्तामोडका अध्यक्ष टिकाप्रसाद संग्रौलाले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ७५ हजार र उपविजेताले नगद ५० हजारसहित ट्रफी मेडल पुरस्कार पाउने संग्रौलाले बताए ।
प्रतियोगिताका लागि ६ लाख खर्च अनुमान गरिएको उपाध्यक्ष केशव भण्डारीले जानकारी दिए । प्रतियोगिताको फाइनलमा नगरपालिकाका कर्मचारी र समितिबिच मैत्रीपूर्ण खेल हुनेछ ।







