झापा । युवा तथा खेलकुद बिकाश समिती बिर्तामोडले खेलकुद सामाग्री बितरण गरेको छ ।
समितिले नगर सभाहलमा मंगलबार एक कार्यक्रमको आयोजना गरि १० वटै वडाका समितिलाई तीन थानका दरले फुटबल बितरण गरिएको समितिका अध्यक्ष टीका संग्रौलाले जानकारी दिए।
समितिका अध्यक्ष संग्रौलाको अध्यक्षता तथा नगर प्रमुख धुर्व कुमार शिवाकोटीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा आगामी असोज १८ देखि २५ गते सम्म खेलकुद संचालन गरिने समितिका उपाध्यक्ष केशव भण्डारीले जानकारी दिए।
Advertisement







