• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

‘हाम्रा बुवा जेल नपरेका भए भारी बोक्नु पर्थेन होला’


  •    संवाददाता/ मङ्गलबार, असोज ०५, २०७८  

  • बडेमानको भारी बोकेर उकालो बाटो छिचोलेपछि आइपुग्ने भञ्ज्याङमा निरुता चेपाङ रोकिइन्। माउन्टेन डिउका जम्बो बोतलले भरिएको भारी बाटो छेउको ढुंगोमा अड्याइन्। खाली पैताला उभिएका उनका १२ वर्षीया बहिनी र १० वर्षका भाइले पनि भारी बिसाए। सालका रूखले भरिएको जंगल बीचको बाटोमा उभिएर लामो सास फेरे।

    चितवनको कालिका ११ सैपामकी निरुता दस कक्षामा पुगेकी छन्। सैपामबाट डेढ घन्टा ओरालो बाटो हिँडेपछि पुगिने समिटारको माध्यामिक विद्यालयमा पढ्छन् उनी।

    Advertisement

    कोरोना महामारीले स्कुल बन्द हुँदा गत वर्षदेखि उनको पढाइ प्रभावित बनेको छ। गाउँमा इन्टरनेटको सुविधा नहुँदा अनलाइन कक्षा पढ्न पाएकी छैनन्। निरुताले फुर्सदको समय आमालाई सघाउनेदेखि भारी बोकेर, मेलामा गएर पढाइ खर्च जुटाउनेमा उपयोग गरेकी छन्।

    Advertisement

    करिब १० वर्षअघि गैंडा मारेको अभियोगमा उनका बाबु पक्राउ परेपछि परिवारका दुःखका दिन सुरू भएका थिए।

    निरुताका बाबु शुक्रबहादुर चेपाङ हाल भरतपुर कारागारमा छन्। उनी एक सिंगे गैंडा मारेको अभियोगमा २०६८ सालमा सालमा जेल परेका थिए।

    श्रीमान् जेल परेपछि छोराछोरी च्यापेर माइती घर पुगेकी कुमारी चेपाङ अहिले पनि माइतीकै आश्रयमा छिन्। निरुताका मामा गुर्जबहादुर यो परिवारको सहारा बनिरहेका छन्।

    ‘बुबा घर नआएपछि आमालाई दुस्ख भयो, हामीलाई पाल्न पनि नसकेपछि मामाको घरमा आइपुग्यौं,’ निरुताले भनिन्, ‘आमाको मेहनत र मामाको साथले जेनतेन पढेका छौं।’

    शुक्रबहादुर जेल परेको केही समयपछि निरुता आमासँगै भरतपुर कारागार आइपुगेकी थिइन्। उनलाई आफ्ना बुबा किन यहाँ बसिरहेका छन् भन्ने थाहा थिएन।

    ‘बुबा बजार तिरै बस्नुहुँदो रहेछजस्तो लाग्थ्यो,’ उनले भनिन्, ‘गैंडा मारेको मुद्दामा जेल परेको कुरा त धेरै समयपछि मात्रै थाहा पाएँ।’

    घरको मुली नै जेल परेपछि परिवारले हरेक कुरामा संघर्ष गर्नुपरेको निरुता सुनाउँछिन्।

    शुक्रबहादुर कारागारमा मुढा बुन्ने काम गर्छन्। कामबाट आएको आम्दानी बेला(बेलामा घरसम्म पनि पुग्ने गरेको छ।

    ‘महिनामा एक पटक भेट्न जाँदा बुबाले हजाररपन्ध्र सय रुपैयाँ दिनुहुन्छ, त्यो पैसाले कापी, कलम किन्छौं,’ उनले भनिन्, ‘अरू खर्च जुटाउन सबैले काम गर्छौं।’

    निरुताकी बहिनी घर नजिकै पोखरी भन्ने ठाउँको प्राथमिक विद्यालयमा पढ्थिन्। यो वर्ष उनी उत्तीर्ण भएर कक्षा ६ मा पुगिन्। अब उनी पनि दिदीसँगै समिटारस्थित स्कुल जाने तयारीमा छिन्। भाइ अहिले ९ वर्षका भए। गाउँकै स्कूलमा कक्षा ५ मा पढ्छन्।

    ‘बुबा सँगै हुनुभएको भए हामीले भारी बोक्नु पर्दैन थियो होला, पढ्ने समय हुन्थ्यो होला,’ निरुता भन्छिन्, ‘पढ्ने समयमा काम गर्न हिँड्नुपर्छ, किताब बोक्ने बेलामा भारी बोक्दैछौं। राम्रो पढ्न चाहँदा(चाहँदै पनि अचेल नतिजा राम्रो आएको छैन।’

    उनले बुबाले तस्करको आरोपमा सजाय भोगिरहेको भए पनि आफूलाई वन, वन्यजन्तुको माया लाग्ने बताइन्।

    ‘पढाइ पूरा गरेर संरक्षणमा लाग्ने धोको छ, हेरौं के हुन्छ,’ उनले भनिन्।

    गैंडा तस्करीको मुद्दामा २०६८ साल मंसिर २८ गते पक्राउ परेका शुक्रबहादुरलाई २०७२ असोज २४ गतेको फैसलाले १५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। उक्त फैसला अनुसार उनी २०८३ साल मंसिर २८ गतेसम्म कैदमा हुनेछन्।

    शुक्रबहादुरकी श्रीमती कुमारीले श्रीमान पक्राउ परेपछि छोरा, छोरीको पालन पोषणमा समस्या भएको सुनाइन्।

    ‘परिवार पाल्ने मान्छे नै अकस्मात पक्राउ परेपछि ठूलो समस्या आइलाग्यो,’ उनले भनिन्, ‘तीन जना सन्तानलाई पाल्न पढाउन धौ(धौ भइरहेको छ।’

    उनले छोरा, छोरी हुर्कंदै गएकाले काममा सघाउन थालेको बताइन्।

    ‘कमजोर आर्थिक अवस्थाका कारण पढाउनेतिर धेरै ध्यान दिन सकिएन,’ उनले भनिन्, ‘पढाउन पाएको भए राम्रो पढ्थे होलान्।’

    गुर्जबहादुर चेपाङले तस्करको गिरोहले विपन्नता र सोझोपनको फाइदा उठाउँदै चेपाङ समुदायलाई प्रयोग गर्दा बालबालिकाको जीवनमा असर पर्ने गरेको धेरै समयदेखि देख्दै आएको बताए।

    ‘मेरा भान्जा, भान्जीमात्र होइन, गाउँका धेरैका छोरारछोरीले यस्तै कारण पढ्न पाएका छैनन्। पढ्न नसकेपछि केटाहरू सानै उमेरमा कुल्ली कामतिर लाग्छन्, केटीहरू बिहे गरेर हिँडिहाल्छन्,’ गुर्जबहादुर भन्छन्।

    उनले बहिनी र उनको परिवारको बिचल्ली भएपछि घरमै बोलाएर अभिभाभकत्व दिँदै आएको बताए।

    हाल कालिका ११ रहेको साविकको सिद्दी गाविसका शुक्रबहादुरबाहेक अन्य तीन जना अहिले गैंडा मुद्दामा कैद जीवन बिताइरहेका छन्। सैपाम नै घर भएका डिलबहादुर चेपाङ, शन्तबहादुर चेपाङ र सागर ठूलोकान्छा भनिने बिन्दर सिंह प्रजा गैंडा तस्करीको मुद्दामा कैदमा छन्। यही गाउँका अजय चेपाङ, बमबहादुर चेपाङ, सागर चेपाङ, लालबहादुर चेपाङ, रामकुमार चेपाङ र मदनबहादुर चेपाङ गैंडा तस्करीकै मुद्दामा कैद भुक्तान गरी छुटेका छन्।

    परिवारका मुली जेल परेका प्रायःको आर्थिक अवस्था नाजुक छ। जेल जीवन बिताएर फर्किएकाको अवस्था पनि उस्तै छ।

    अजय चेपाङ १६ वर्षको कैद भुक्तानगरी गाउँ फर्किंदा छोरा कुल्ली काम गर्न थालेका थिए। अजय नाबालक छोरा छाडेर जेल परेका थिए। बाबूको अभिभावकत्व नपाएका छोराले पढाइलाई निरन्तरता दिन सकेनन्। कमजोर आर्थिक अवस्थाका कारण उनले कक्षा ६ सम्ममात्रै पढेर छाडे। अजय भन्छन्, ‘अलीअली भएको जमिन मुद्दा लड्दा बेचेर सकियो, गैंडा मारेर पैसा कमायो भनेर त्यत्रो वर्ष थुने। यता छोरोले पैसा नभएकै कारण पढाइ छाडेछ, उसको पनि भविष्य बिग्रियो।’

    कालिका(११ को सैपाम गाउँ राप्ती नगरपालिकाको किरनटार हुँदै पुग्नुपर्छ। पूर्व(पश्चिम राजमार्गको खुरखुरेबाट करिब आधा घन्टा सवारी साधनमा यात्रा गरेपछि किरनटार पुगिन्छ। त्यहाँबाट करिब २ घन्टा हिँडेर सैपाम पुगिन्छ।

    राप्ती नगरपालिकाको किरनटार, समिटार, कालीखोलालगायतका गाउँका दर्जन बढी व्यक्ति अहिले पनि गैंडा तस्करीको मुद्दामा जेल जीवन बिताइरहेका छन्। गैंडा तस्करीकै मुद्दामा कैद भोगेर फर्किएकाको संख्या पनि उस्तै छ।

    जेल जीवन बिताएर फर्किएका केहीले नयाँ व्यवसाय सुरू गरेर नयाँ जीवन जिउन थालेका छन् भने केही जीवनको उत्तरार्धमा के गर्ने भन्ने अन्योलमा छन्।

    चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले गैंडा तस्करीको मुद्दामा जेलमा रहेकाका परिवार र कैद भुक्तानगरी फर्किएका व्यक्तिहरू राम्रो काममा नलागून् भन्नेमा निकुञ्ज सचेत रहेको बताए।

    ‘कैद बिताएर आएपछि फेरि तस्करीमै संलग्न हुन्छन् कि भन्ने चिन्ता एकातर्फ छ भने कैदमा रहेकाका परिवारको कमजोर अवस्था पनि चिन्ताको विषय हो,’ उनले भने, ‘तस्कारीका कारण जेलमा परेर फर्किएका र तिनका परिवारलाई संरक्षणमा लगाउन सकिन्छ कि भनेर हामीले प्रयास गरिरहेका छौं।’

    बरालले अभिभावक जेल परेका कारण पढाइबाट बञ्चित भएकालाई अध्ययनमा सघाउन सकिने बताए।

    भरतपुर कारागारका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार यहाँ अहिले एक महिलासहित ६३ जनाले गैंडा मुद्दामा कैद भुक्तान गरिरहेका छन्। गैंडा मुद्दामा चितवनका चेपाङ समुदाय धेरै मुछिने गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.