झापा ,चन्द्रमणि दाहाल (CMD)। तपाईं हाम्रो जिवनमा दैनिक प्रयोगमा आउने एउटा सानो ५-१० रुपैयामा पाउने सलाई हेर्दा के छ र ?
तर यस्मा मानिसको जीवन , संघर्ष देखि मरण सम्मको अर्थ लुकेको छ। कसरी भन्नू हुन्छ होला ? सलाईको काँटि त्यत्तिकै कहिल्यै बल्दैन सबैलाई थाहा छ । सलाईको काँटी खोलमा घोटेसि कति चमक्दार भएर चम्किन्छ है!
जीवन पनि त्यहि हो जब सम्म तपाईं आफ्नो लक्ष्य प्राप्तिका निम्ति प्रयासहरु गर्नु हुन्न, एक पटक दुई पटक तीन पटक प्रयास गर्दा कोहि सफल हुन्छन अनि कोहि नहुन पनि सक्छन् ,अब के प्रयास नगर्ने होर ?
भिजेको सलाईको काँटि त घाममा सुकाएर बाल्नु पर्छ मज्जाले बल्छ बस् थोरै समय लाग्छ सुक्न तर बल्न सक्ने भएसि अाफै मज्जाले बल्छ। हामी पनि निरन्तर प्रयास गर्दै जानू भनेको घाममा सुक्दै गरेका सलाईका काटि हौँ सुक्दै नसुकि बाल्न खोज्दा बिग्रिएर नासिएर जान्छ, निरन्तर चौँथो पाँचौ पटक प्रयास गर्दा हामि नि आफ्नो लक्ष्य प्राप्ति गरि अवश्य धपक्कै बल्छौँ सफल हुन्छौँ।
तपाईं हामी सलाईले मयमबत्ति र विभिन्न बत्ती सल्काएर छोड्छौँ तर यश भित्रको अर्थ कहिल्यै बुझ्ने कोसिस गर्नु भाछ? सलाईको काटिले जहिल्यै अरुलाई बलेर आफू निभ्छ, उस्को त आयु छटो हुन्छ तर बिना उज्यालोको त्यो बत्तिलाई संसार झलमल्ल पार्ने बनाई दिन्छ।
त्यस्तै हामी मानिस पनि अरुको जिवनलाई उज्यालो बनाउन सक्छौं नि ,हैन र? त्यस्का लागि हामिले छिटो प्राण त्याग्नु नि पर्दैन बस अाफ्नो अङ्ग दान जस्तै नेत्र दान नै गर्यौँ भने हाम्रो देहावसान पछि कोहि दृष्टि बिहिन ले हाम्रो आँखाले संसार हेर्न पाउँछ। उस्को अध्यारो जीवन उज्यालो हुन्छ। के यो कुरा हामिले सिक्ने हैन सलाई बाट यति मात्र होईन अरु थुप्रै कुरा छ हामिले यो सलाई बाट सिक्ने बिहानको दिप बाल्न देखि लिएर साझँको साँझ बत्ति बाल्न नि सलाई चाहिन्छ भने हरेक महत्त्वपूर्ण कुरा गर्छ यसैले तर श्रेय कहिलै लिईँदैन !
यो बिना कसैको घरको चुलो बल्दैन! हामी सामान्य केही रुपैया पैसा दान गरेको नि फोटो खिचेर लाखौँ दान गरेको सरह युट्युबमा हालि लाईक र कमेन्टमा हराउँछौ अनि त्यसैबाट हाम्रो समुदाय र आगामी पुस्ताले के सिक्न सक्छ? बेला बेला अरुको ईमान बेचेर आफू उत्कृष्ट बनेको देखाउछौ , केही कमाउछौं यहि हो मानवता?? अब मानव बनौँ मानवता लाई व्यापार नबनाऊँ ।







