• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बिहिबार, असोज २२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

काठमाडौंंको बल्खु तरकारी बजार डुबान


  •    संवाददाता/ सोमबार, भदौ २१, २०७८  

  • २१ भदौ, काठमाडौं । गएरातिको बाढीले बल्खु तरकारी बजारमा करिब एक करोडको क्षति भएको अनुमान सञ्चालकले गरेका छन् । तरकारी बजार ध्वस्त भएको भन्दै तत्काल खुल्ने अवस्था नरहेको पनि सञ्चालकको भनाइ छ ।

    तरकारी बजारका सन्चालक मोहन बस्नेतले भने, ‘बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन ।’

    Advertisement

    बाढी पसेको घटनाबारे प्रत्यक्षदर्शी बस्नेतको भनाइ –

    Advertisement

    बिहान दुई बजेदेखि नै बजार खुलेको थियो । तीन बजेतिरबाट घना वर्षा सुरु भयो । भारी वर्षका कारण बाहिरबाट आएका खुद्रा बिक्रेतालाई सामान बाहिर लैजान कठिन भइरहेको थियो तर भित्री बजारमा खासै समस्या थिएन ।

    साढे तीन बजेतिर बागमती नदी उर्लियो भन्दै बजारमा हल्ला आयो । हामीले यसो खोलातिर हेर्दा बिशाल भएर नदी बगेको देखियो तर नदी सीमाभित्रै थियो । बिहान चार बजेसम्म पनि नदीले पुरानो धार नाघेको थिएन ।

    बजारमा किनमेल चलिरहेकै थियो । बाहिरबाट तरकारीका गाडी आउने, तरकारी गोदाममा राख्ने, तरकारी लिन आएका खुद्रा व्यापारीले आफ्नो माल सामान जोख्ने काम चलिरहेकै थियो तर ४ः३० बजे अप्रत्याशित रुपमा बागमती नदी बल्खु बजारमै पस्यो ।

    नदीको बहाब नियली रहेकै थियौं तर नदीको भेल नै आकस्मीक बजारमा छिरेपछि भागाभाग भयो । केही मिनेटमै बल्खु तरकारी बजार पूर्णरुपमा ध्वस्त भयो । बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ । बजारमा रहेका तरकारीको किराना पसलहरु सबै ध्वस्त भएका छन् । सबै बगेका छन् । कति किराना, तरकारी बगायो भन्ने हामी विवरण संकलन गरिरहेका छौं । बजारभित्र रहेको आलु, प्याज र लसुनको गोदाम पुरै डुबेको छ ।

    बाढी लगत्तै भागाभाग भयो । केहीलाई उद्धार पनि गरेका कारण मानवीय क्षति भएको अहिलेसम्म हाम्रो जानकारीमा छैन । बजारमा रहेका दुई वटा छाप्रा बगाएको छ । फोहोर बोक्ने एउटा कन्टेनर पनि बाढीले बगाएको छ । तरकारी बोक्ने र यहाँको पार्किङमा राखिएका १५ वटा सवारी साधनलाई हामीले बल्ल(बल्ल बगाउनबाट जोगाएका छौं । बाढी पसेपछि ती गाडिलाई डोरी लगायतको साधनको प्रयोग गरेर हामीले बाँधेका थियौं । ती अहिले क्रेनको मद्दतमा सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

    बजारमा प्रारम्भिक रुपमा एक करोड रुपैयाँको क्षति भएको अनुमान गरेका छौं । बजार ध्वस्त छ । तुरुन्तै सञ्चालनमा आउन सक्ने अवस्था छैन । हामी अहिले पनि उद्धारमै छौं ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    ताजा अपडेट
    • बुद्धशान्ति १ दोस्रो झापा मिडिया कपको खेल तालिका सार्वजनिक
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.