मदन संग्रौला , झापा । सत्येन्द्र ठाकुर, विराटनगर १ पोखरीयामा बस्ने विद्यार्थी, उनी आफ्नो परिवारमा सवैभन्दा कान्छो रहेका छन्।
उनले स्कुल र कलेज पूरा गरे। हाल, उनी सिटी कलेजमा स्नातक, प्रथम वर्षमा अध्ययनरत छन्।
१ बर्ष देखि, उनी महालक्ष्मी जीवन बीमा कम्पनी मा एक एजेन्सी प्रबन्धक को रूप मा आफ्नो काम गरीरहेका छन्।
सत्येन्द्रको सौख बाहिरी खेल र भित्री खेल खेल्ने, अभिनय गर्ने आदि रहेको छ।
उनको परिवार, साथीहरु र प्रतियोगी सरले उनलाई सहयोग र समर्थन गरेका थिए । यस प्रकार उनी २०२० मा मिस्टर एण्ड मिस पीस हेरिटेज ईस्टर्न नेपाल मा भाग लिएर दोस्रो रनर अप बने। उक्त प्रतियोगीतामा उनी निकै प्रतिभाशाली र सबैभन्दा फोटोजेनिक थिए।
मिस्टर किंग इन्टरनेसनलका निर्देशक युवराज बुडाथोकीले मिस्टर किंग इन्टरनेशनलमा भाग लिने मौका दिएका छन्। यो कार्यक्रर्म अन्तर्राष्ट्रिय स्तरमा सञ्चालीत छ । १८ देशका प्रतियोगीहरुको सहभागिता रहेको कार्यक्रममा सत्येन्द्रले नेपाललाई परिचय दिने अवसर पाएको बताएका छन्। उनी प्रतियोगीतामा बिजयी बनेर नेपालको गौरव बढाउने तयारीमा रहेका छन्।
सत्येन्द्र आफ्नो काम र प्रतिभाको लागी परिचित छन्। छोटो समयमै उनी सवैमाझ लोकप्रिय बनेका छन्। मिस्टर किंग इन्टरनेशनलकालागी उनको यात्रामा सवैले मद्दत गरीरहेछन्।
अमुल्य साथ र सयोगका लागी उनले सर्वप्रति आभार व्यक्त गरेका छन् ।







