• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बाल अस्पताल सञ्चालन गर्न सक्रिय डा. भगवान कोइराला


  •    संवाददाता/ आइतबार, साउन ३१, २०७८  

  • विराटनगर । प्रदेशस्तरीय बाल अस्पताल सञ्चालन गर्न प्रदेश नम्बर–१ मा डा. भगवान कोइराला सक्रिय भएका छन् । उनले गैरनाफामूलक ढंगले सञ्चालन हुने अस्पतालका लागि गर्न पूर्वका सामाजिक संघ–संस्थालाई पनि सहभागी हुन आग्रह गरेका छन् ।

    विराटनगरमा मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघका पदाधिकारीसँग भेटघाट गरी उनले काठमाडौंमा स्रोत केन्द्रको रूपमा बहुविशिष्टिकृत सेवासहितको अस्पताल र बाँकी सबै प्रदेशमा बाल अस्पताल निर्माण गरी सञ्चालन गर्ने उद्देश्य रहेको सुनाए ।

    Advertisement

    “प्रदेश नम्बर–१ मा झापाको दमकमा रेडक्रस भवन लिजमा लिई अत्याधुनिक सेवासहित दक्ष प्राविधिकहरुबाट सञ्चालन गर्ने तयारी भएको छ । बाल अस्पतालको निर्माणकार्यमा व्यापार संघले समेत पहल लिनेछ भन्ने विश्वास लिएको छु,” उनले भने ।

    Advertisement

    काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का अध्यक्ष एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइराला र नेपाली सेनाका उपरथी अनन्त कार्कीले यस विषयमा उद्योगी व्यवसायीसँग छलफल गरेका हुन् ।

    विराटनगरमा समय सान्दर्भिक र द्रुत गतिमा प्रविधियुक्त सुविधासम्पन्न कोभिड अस्पताल निर्माण गर्न नागरिक केयर सेन्टरमार्फत पुर्‍याएको योगदान प्रशंसनीय र अतुलनीय रहेको डा. कोइरालाले बताए । बाल अस्पताल निर्माणमा पनि समन्वय गरिदिन आग्रह गरे ।

    व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बाल अस्पताल निर्माणका लागि संघबाट यथाशक्य साथ, सहयोग एवं समन्वय गर्ने बताए । त्यस अवसरमा नागरिक केयर सेन्टर सञ्चालनमा सहयोग गरेका उद्योगी महेश जाजू, नेपाल उद्योग परिसंघ १ नम्बर प्रदेशका अध्यक्ष भीम घिमिर, संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजाललगायत सहभागी थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.