• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

अपाङ्गता भएकाहरुले खाद्यान्न एवम् स्वास्थ्य सामग्री सहयोग पाउने


  •    संवाददाता/ बिहिबार, साउन २८, २०७८  

  • झापा । कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण दैनिक छाक टार्न समस्यामा परेका अपाङ्गता भएकाहरुले खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग पाउने भएका छन् ।

    झापामा कोभिड–१९ का कारण प्रभावित अपाङ्गता भएकाहरुलाई सहयोग गर्ने सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् ।

    Advertisement

    माङजुङ गरेर र आफ्ना उत्पादन बिक्री तथा मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका अपाङ्गता भएकाहरु जारी निषेधाज्ञाका कारण भोकभोकै बस्नुपर्ने अवस्था आएपछि बिहीबार बिर्तामोडमा भएको एक छलफलका सहभागीले उनीहरुलाई सहयोग गर्ने बताएका हुन् ।

    Advertisement

    संवाद समूह झापाको संयोजनमा बिर्तामोड उद्योग वाणिज्य संघमा भएको छलफलमा सहभागी विभिन्न सामाजिक तथा व्यवसायिक संघ–संस्थाले अपाङ्गता भएकाहरुलाई भोकै बस्न नदिने र उनीहरुको चुल्हो निभ्न नदिने प्रतिबद्धता जनाएका हुन् ।

    छलफलमा अपाङ्गता भएकाहरुको प्रतिनिधित्व गर्दै आबद्ध संस्थाका नेताहरुले खाद्यान्न, सेनिटरी प्याड, डाइपर, मास्क, सेनिटाइजर, अपाङ्गता सहायक सामग्री लगायत तत्काल आवश्यक भएको र अपाङ्गता भएकाहरु अत्यन्त समस्याबाट गुज्रिरहेको बताएका थिए ।

    मेची बहिरा संघका अध्यक्ष गणेश पौडेल, महासचिव हरिप्रसाद अधिकारी, नेत्रहीन संघका संरक्षक द्रोणचार्य निरौला, बिर्तामोड अपाङ्गता स्वावलम्वन संस्थाका अध्यक्ष दीपक थापा लगायतले अपाङ्गता भएकाहरुका समस्या राखेका थिए ।

    छलफलमा एकका लागि एक अभियानका सहसंयोजक विनोद बस्नेतले मानवताको सेवामा सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै अभियानबाट आवश्यक सहयोग गर्ने बताए ।

    बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले यस क्षेत्रका संघ–संस्थाहरुको सहकार्य र समन्वयबाट सहयोग गर्ने बताए । चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमलीले अपाङता भएकाहरुलाई संकट परेको बेला सहयोग गर्ने परोपकारी काम भएको हुँदा आवश्यक सहयोग गर्ने बताए । औषधि व्यवसायी संघका महासचिव तथा लायन्सका जोन चियर पर्सन जीवनकुमार खड्का, मारवाही युवा मञ्चका अध्यक्ष पंकज मित्तल, राउण्ड टेबलका दीपक मित्तल, छठ समाज सेवा समितिका मनोज साह रौनियारले पनि आवश्यक समन्वय र सहयोग गर्ने बताएका छन् ।

    त्यस्तै बिर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, महासचिव अर्जुन मैनाली, कोषाध्यक्ष दिपेन्द्र राउत, सहकोषाध्यक्ष राधिका चुडाल हुमागाँई, सदस्य तुलसा ढकाल, व्यवसायी अर्जुन चुडाल लगायतले समेत अपाङ्गता भएकाहरुको सहयोगमा सबैले ध्यान दिनुपर्ने बताए ।

    बिहीबार नै बसेको सबैखाले अपाङ्गता भएकाहरुका प्रतिनिधि सहभागी अर्को बैठकले समस्यामा परेकाहरुलाई राहत सहयोग उपलब्ध गराउनका लागि तथ्यांक संकलन लगायतका काम गर्न अपाङ्गता जिल्ला समन्वय समिति झापाका सचिव मदनकुमार बोहोराको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल बनेको छ ।

    कार्यदलमा हरिप्रसाद अधिकारी, सृजना बराल, सन्तोष सुवेदी र मृगेन्द्रकुमार कार्की सदस्य छन् । कार्यदलले पाँच दिनभित्र १५ वटै पालिका अन्तर्गत खाद्यान्न लगायत राहत सहयोग अत्यावश्यक भएका अपाङ्गता भएकाहरुको तथ्यांक संकलन गर्ने निर्णय भएको छ । त्यस्तै बैठकले आवश्यक सामग्रीको सूची बनाउने र वितरणका लागि मापदण्ड बनाउने निर्णय गरेको बताइएको छ ।

    छलफलको सहजीकरण संवाद समूह झापाका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.