• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

छाडिए आरोपित फोकल पर्सन, तालिए राजनीतिक दल र संघ संस्था


  •    संवाददाता/ शनिबार, साउन १६, २०७८  

  • साउन १६, झापा । खोप लुकाएको आरोप लागेका विर्तामोड नगरपालिकाका स्वास्थ्य शाखाका फोकल पर्सन ओमबहादुर खड्कालाई पक्राऊ गरेको केही क्षममै छोडिएको घटनाप्रति विर्तामोड उद्योग वाणिज्य संघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    सरकारले खोप दिनु भनेर तोकेको समूह दिनभार जोखिम मोलेर भीडभाडमा बस्दा पनि खोपबाट बञ्चित भइरहेको बेलामा होटलमा खोप भेटिनु र त्यसमा नगरपालिकाका स्वास्थ्य फोकल पर्सन खड्काको संलग्नता देखिएको घटनाले गम्भीर प्रश्न उब्जाएको संघ अध्यक्ष प्रकाश शिवाकोटी र महासचिव अर्जुन मैनालीद्वाारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    Advertisement

    कोरोना महामारीबाट नागरिकलाई बचाउन सरकारलाई सहयोग पुर्याउने कुरामा उद्योगी व्यवसायीले अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ–‘मुलुकमा ठूलो योगदान पुर्याउने उद्योगी, व्यवसायीमा आवद्धहरुलाई खोपबाट बञ्चितच गरी होटलमा खोप लुकाएर पहुँचवालाहरुलाई आर्थिक लाभ र अन्य स्वार्थबाट प्रेरित भई बिर्तामोड नगर स्वास्थ्य शाखाले नागरिकको स्वास्थ्यमाथि खेलबाड गर्दै चरम अनियमितता गरेको आशंका उब्जिएको र जिल्ला स्वास्थ्य प्रमुख समेतको संलग्न रहेको हाम्रो बुझाई छ । तसर्थ जिल्ला कोभिड खोप व्यवस्थापन समिति झापाद्वारा गठित छानविन समितिबाट निष्पक्ष छानबिनको लागि जोडदार माग गर्दछौं ।’

    Advertisement

    होटलमा लुकाइएको खोपबारे सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग गरेको उद्योग वाणिज्य संघले वास्तविकता उजागर नएर तथा दोषीलाई कारवाही नभए शसक्त खबरदारीमा उत्रने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको अध्यक्षता तथा निवर्तमान अध्यक्ष कुमार भट्टराईको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा बरिष्ठ उपाध्यक्ष राजु न्यौपाने लगायतले खोपकाण्डका दोषीलाई कारवाहीको माग गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण महासचिव अर्जुन मैनालीले गर्नुभएको थियो ।

    त्यसैगरी विर्तामोड नगरपालिका क्षेत्रमा क्रियाशिल राजनीतिक दलहरुले पनि संयुक्त रुपमा एक विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष छानविन र कारवाहीको माग गरेका छन् ।
    नेपाली कांग्रेस क्षेत्र नं–२, क का प्रदेश क्षेत्रीय सभापति धर्म लक्सम्बा, विर्तामोड नगर सभापति भोजराज सिटौला, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन सुब्बा, जनता समाजवादी पार्टी नेपाल नगर अध्यक्ष तिलबहादुर राई ,राष्ट्रिय प्रजातन्त्र पार्टी नगर अध्यक्ष रञ्जु प्याकुरेलसहितले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै – आम नागरिकको स्वास्थ्य सुरक्षामा जिम्मेवार राष्ट्रसेवक कर्मचारी नै यस्तो घृणित कार्यमा संलग्न हुनु आम नगरबासीहरुको स्वास्थ्यमाथि खेलवाड मात्रै नभई चरम भ्रष्टाचार र अनियमितताको पराकाष्ठा हो ।

    सो खोप सम्बन्धित कार्यालयबाट मातहतका कार्यालयमा नगई कसरी होटलसम्म आइपुग्यो रु आम चासो र जनसरोकारको विषय हो । यस घटनाले सरकारी निकायमा कार्यरत राष्ट्रसेवक कर्मचारीबाटै हुने गरेको संगठित र नीतिगत भ्रष्टाचारलाई उदाङ्गो बनाएको छ । यस भ्रष्टाचार काण्डमा संलग्न दोषीलाई तत्काल निलम्बन गरी नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरी दोषीउपर कडाभन्दा कडा कारबाही गर्न जोडदार माग गर्दछौं । अमानवीय र अकल्पनीय हर्कतका दोषीलाई यो वा त्यो नामका बहानामा छुट दिइनुहुँदैन । यदि छुट दिइएमा हामी तलशीलका दलहरु सशक्त प्रतिकारमा उत्रने यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौं । लक्षित समूदायका लागि आएको खोप लक्षित वर्गमै पु¥याउने कार्यमा अब्बल ब्यवस्थापनसहित सरल र सहज रुपमा खोप लगाउन पाउने नागरिक अधिकारको ग्यारेन्टी गर्न समेत माग गर्दछौं ।

    त्यस्तै विर्तामोड नगरपालिकाले स्वास्थ्य कार्यालय भद्रपुरले विर्तामोड नगरपालिकाका लागि पठाएको कोरोना विरुद्धको खोप होटलमा नगरका स्वास्थ्य फोकल पर्सन ओमबहादुर खड्काले बुझेको भन्दै छानविनका लागि माग गरेको छ ।

    नगरपालिकाका मेयर ध्रुवकुमार शिवाकोटीले एक विज्ञप्ति जारी गर्दै फोकल पर्सन खड्काले होटलमा खोप बुझेको उल्लेख गर्दे होटलमा खोप बुझ्ने र बुझाउने कारणबारे छानविन गर्न माग गर्दै घटनामा कैफियत भेटिए नगरपालिका दोषीउपर आवश्यक कारवाही गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    ताजा अपडेट
    • अर्जुनधारामा नेतृत्व विकासका लागि बालबालिकालाई तालिम
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.