चनौली । भरतपुर–१८,चनौलीमा निर्माणाधीन चितवन चनौली शीत भण्डारमा किसानहरूको आकर्षण वढदै गएको छ । शीतभण्डार सञ्चालनको तयारीमा रहेसँगै शेयर सदस्य बन्ने किसानहरू बढेका हुन ।
पश्चिम चितवनको कृषि क्षेत्रको विकासका लागि कोशेढुङ्गा मानिएको चनौली शीतभण्डारमा पछिल्लो ६ महिनामा ३७० जना नया शेयर सदस्य थपिएको चितवन चनौली शीतभण्डार सहकारी संस्था लिमिटेडका अध्यक्ष सूर्यमणि पौडेलले बताए। शेयर सदस्य थपिय सँगै साढे ३ करोड शेयर रकम थपिएको उनले जानकारी दिए ।
कृषि उत्पादन फलफूल, दुग्ध र मासुजन्य पदार्थको सुरक्षित भण्डारण गर्न २०७० वैशाख २७ मा निर्माण सुरु भएको शीत भण्डारमा हाल ७७५ शेयर सदस्य र कुल शेयर पुँजी ५ करोड ३४ लाखको हाराहारीमा रहेको उनले जानकारी दिए ।
श्रावण मसान्त सम्मलाइ मात्र शेयर खुल्ला गरीएको सो अवधिमा किसानहरूको आकर्षण वढेको उनले वताए । वेलायतमा एमविएको पढाइ सकेपछी अफ्नै देशमा केही गर्ने दृढ सोचका साथ नेपाल फर्केर शित भण्डारको लामो समयसम्म व्यवस्थापकिय मुमिकामा रहेर परिकल्पना लाइ मुर्त रूपदिन सफल ४८ वर्षिय अध्यक्ष पौडेलले किसानहरूले सस्था प्रति गरेको विश्वासनै सस्थाको सम्पती भएको वताए ।
उनले नेतृत्व लिएपछी सस्थाले उल्लेखनिय प्रगती गरेको छ ।यसअघी पौडेल सस्थाको सस्थापक व्यवस्थापकिय सचिव रहेका थिए ।
करिब १५ करोड रूपैयाँको लागतमा सहकारी संस्थामार्फत फलामको संरचनामा बन्दै गरेको देशकै पहिलो र अत्याधुनिक लिफ्टसहितको पाँचतले चितवन चनौली शीतभण्डारको भवन निर्माणको काम सकिएर मेसिनरीको काम अन्तिम चरणमा पुगेको अध्यक्ष पौडेलले बताए। उनले आगामी वर्षको असोजमा जसरी पनि सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिए।
शीतभण्डारमा हाल २ वटा लिफ्ट, ट्रान्सफर्मर लगायतका मेसिनरी सामानहरु जडानको काम भइरहेको उनले बताए। अध्यक्ष पौडेलले साउन सम्ममा ट्रान्सफर्मर जडान गरेर भदोमा मेसीन परीक्षण गरीने र असोजमा शित भण्डार सञ्चालनमा आउने उनले बताए।
भवन निर्माणसम्बन्धी काम दुइ वर्षअघि नै सकिएको पौडेलले बताए । पछिल्लो समय कोरोनाका कारण समस्या भएपनी काम नरोकिएको उनले बताए। ठेकदार कम्पनीको ढिलासुस्ती लगायतका कारणले निर्माणमा ढिलाइ भएको बताउँदै उनले शेयर, पुँजी समयमा जुटाउन नसक्दा निर्माण कार्यमा थप ढिलाइ भएको स्विकार गरे ।
मध्यमाञ्चल विकास कार्यक्रमअन्तर्गत स्थापना सुरू गरिएको शीतभण्डार हाल प्रदेश सरकार सहकारी विभाग मातहत रहेको छ। सार्वजनिक निजी–साझेदारीअन्तर्गत निर्माण गर्ने गरी शीतभण्डारको सिभिलसम्बन्धी काममा ५० प्रतिशत सरकारको र ५० प्रतिशत सहकारी संस्था एवम् किसानको लगानी छ।
मेसिनरीमा भने सरकारको ६० प्रतिशत र किसानहरुको ४० प्रतिशत हुनेछ। १५ करोडको लागत अनुमान गरिए पनी लगानी अझै बढ्न सक्ने र परियोजना सम्पन्न हुदाँ सम्म १७ करोड लाग्न सक्ने संकेत देखिएको पौडेल बताउँछन्। शीतभण्डारमा चितवनका ४४ वटा सहकारीहरुको लगानी रहेको छ। शीतभण्डारको क्षमता पच्चिस सय मेट्रीक टनको र अत्याधुनिक लिफ्टसहितको हुनेछ। कृषिजन्य उत्पादन सुरक्षित तरिकाले भण्डारण गरी बेमौसममा समेत उपयोग गर्न पिपिसिपी मोडलको आधुनिक उपकरण भएका कारण यो उपयोगी रहेको पौडेलले बताए ।
चनौलीमा शीत भण्डार सञ्चालन गर्ने निर्णय अनुसार विसं २०६९ असार २१ मा चितवन चनौली शीत भण्डार सहकारी संस्था लिमिटेड दर्ता गरिएको थियो । यस परियोजनाले सिजनमा उत्पादन भएका विभिन्न फलफूल तथा तरकारी अफ सिजनमा बिक्री गर्ने छ । परियोजनाले अतिरिक्त आम्दानीको लागि आइस तथा सोसँग सम्बन्धित उत्पादन गरी बिक्री वितरण गर्ने समाचार रामशरण गैरेले सार्थक खबरमा लेख्नु भएको छ ।
( भि ग्रुप| मीडिया नेटवर्क )







