१६ असार, झापा । साहित्यकार तेजराज खतिवडाको निधन भएको छ । साहित्यमा तेराखको नामले चिनिएका खतिवडाको ७८ बर्षको उमेरमा उपचारकै क्रममा आज दिउँसो १ः३० बजे बिराटनगरस्थीत बिराट नर्सिङ्ग होममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
केही दिनदेखि अस्वस्थ भएका तेराखको एक सातादेखि बिराट नर्सिङ्ग होममा उपचार भइरहेको थियो । साहित्यकार तेराखको पार्थिव शरिरको भोलि बिहान धुलाबारीस्थीत रामघाटमा अन्तिमसंस्कार गरिने उनका छोरा लेखनाथ खतिवडाले जानकारी दिए । मेचीनगर १० धुलाबारी निवासी पुर्व शिक्षक समेत रहेका साहित्यकार तेराख नेपाली साहित्यीक क्षेत्रमा चर्चित नाम हो ।
Advertisement







