• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेचीनगर नगरपालिकाले नगर गौरवका खेलाडी घोषणा गर्ने


  •    संवाददाता/ मङ्गलबार, असार १५, २०७८  

  • मेचीनगर । मेचीनगर नगरपालिकाभित्र बसोबास गरी खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल तथा मेचीनगरलाई चिनाउन सफल र राष्ट्रिय खेलाडीका रुपमा प्रतिनिधित्व गर्ने खेलाडीलाई मेचीनगर नगरपालिकाले नगर गौरवका खेलाडी घोषणा गर्ने भएको छ ।

    आगामी आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रमको सामाजिक विकास सम्बन्धि नीतिमा यसलाई प्राथमिकतामा राख्दैं सम्मान तथा प्रोत्साहनको व्यवस्था गरिएको छ । मेचीनगरले फूटबल, भलिबल, क्रिकेट, बुद्घिचाल व्याडमिन्टन, मार्शल आर्टलगायतका थुप्रै राष्ट्रिय खेलाडीका रुपमा प्रतिनिधित्व गर्ने व्यक्तिलाई जन्माएको छ ।

    Advertisement

    नगरपालिका प्रमुख विमल आचार्यले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा खेलकुदको क्षेत्रलाई निक्कै प्राथमिकतामा राखिएका कारण यो नीति लिईएको हो ।

    Advertisement

     

    फूटबल, भलिबल, क्रिकेट, बुद्घिचाल, व्याडमिन्टन, मार्शल आर्ट जस्ता खेलको विकास र प्रवद्र्घनका लागि मेचीनगर स्तरीय टिम निर्माणका लागि विभिन्न समयमा प्रतियोगिता सञ्चालन गर्ने नीति समेत नगरपालिकाले लिएको छ । यसका लागि नगरक्षेत्रभित्र रहेका नदी उकास तथा सार्वजनिक जग्गाहरु मध्ये उपयुक्त जग्गामा नगरस्तरीय खेल मैदान, पार्क, खुलाक्षेत्रको विकास गर्ने समेत नीति लिईएको छ ।

    साथै मेचीनगर गोल्डकप र मेचीनगर रोलिङ्ग क्लब ए डिभिजन प्रतियोगिता सञ्चालनका लागि अवश्यक बजेट व्यवस्थापन गर्ने समेत नीति नगरपालिकाले लिईएको छ ।

    युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न उनीहरुलाई स्वरोजगार बनाउनका लागि समेत आगामी आर्थिक वर्ष ०७८÷०७९ को नीति तथा कार्यक्रममा सम्बोधन गरेको छ । नीति तथा कार्यक्रममा युवा लक्षित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ ।

    स्वकिृत मापदण्ड अनुसार नगरभित्र बसोवास गर्ने गरीवहरुको पहिचान गरी विपन्न परिचय पत्र वितरण गर्ने, बालमैत्री नगर घोषणाका लागि आवश्यक कार्य पुरा गरेर बालमैत्र िमेचीनगर घोषणा गर्ने, बालबालिकाको शारिरकि र मानसिक विकास तथा सहभागितामा बृद्घि गर्न नगरस्तरीय वाल सञ्जाल, स्काउट र रेडक्रस गठन गरी सञ्चालन गर्ने समेत सामाजिक विकास सम्बन्धि नीतिमा उल्लेख गरिएको छ ।

    नेपालको संविधानले उल्लेख गरेको हरेक नागरिकलाई सफा स्वच्छ र शुद्घ पानी पिउन पाउने नैसर्गिक अधिकारलाई पुरा गर्न नगरपालिकाले आगामी आर्थिक वर्ष ०७८÷०७९ मा मेचीनगर नगरपालिकाले नगरभित्रका सवै घरधुरीमा खानेपानी पुर्याउन सहलगानीमा खानेपानी आयोजना सञ्चालन गर्ने नीति लिईएको छ ।

    यसका साथै सामूदयिक विद्यालय र क्याम्पसहरुमा शुद्घ खानेपानीको व्यवस्था गर्ने, ग्रामीण खानेपानीको आयोजनाको खानेपानी वितरण प्रणालीलाई व्यवस्थित बनाईने नीति अघि सारेको छ ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.