• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै भद्रपुरका बाल शिक्षक र कर्मचारी आन्दोलित


  •    संवाददाता/ सोमबार, असार १४, २०७८  

  • झापा ।सरकारले बजेट भाषणमार्फत घोषणा गरेको न्यूनतम पारिश्रमिक १५ हजारको माग गर्दै भद्रपुर नगर क्षेत्रका बाल शिक्षक र कर्मचारीहरू आन्दोलित बनेका छन् ।

    भद्रपुर नगरपालिकाको आठौँ नगर सभाले आर्थिक वर्ष ०७८/०७९ को बजेट, नीति तथा कार्यक्रममा बाल विकास केन्द्रमा कार्यरत शिक्षक र कर्मचारीको न्यूनतम पारिश्रमिक १५ हजार नपुर्‍याएको भन्दै नेपाल शिक्षक महासंघ नगर समिति भद्रपुरको नेतृत्वमा बाल शिक्षकहरू आन्दोलित बनेका हुन् ।

    Advertisement

    शिक्षक महासंघ नगर समितिसहित नगर क्षेत्रका १६ वटा शिक्षक तथा कर्मचारी सङ्गठनले संयुक्त रुपमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

    Advertisement

    आज आइतबार शिक्षकहरूले अपिलमार्फत नगरपालिका र नगर शिक्षा, युवा तथा खेलकुद शाखालाई लिखित रुपमा जानकारी गराएको र भोलि सोमबारदेखि असार १८ गतेसम्म नगरपालिकामा शान्तिपूर्ण धर्ना बस्ने कार्यक्रम रहेको बाल शिक्षक सञ्जाल भद्रपुरकी अध्यक्ष तारा मैनालीले जानकारी दिइन ।

    आज हामीले नगरपालिकाकी उपमेयर चन्द्रामाया श्रेष्ठ र नगर शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रेम भुजेललाई लिखित रुपमा ध्यानाकर्षण गरेको उनले बताइन् ।

    शान्तिपूर्ण धर्ना पश्चात् पनि नगरपालिकाले बाल शिक्षक र कर्मचारी तलब नबढाए थप सशक्त आन्दोलनमा उत्रिने उनले चेतावनी समेत दिइन् ।

    सरकारले साउन १ गतेदेखि तोकेको न्यूनतम मासिक १५ हजार तलब कार्यान्वयनमा ल्याउनु पर्ने भन्दै नेपाल शिक्षक महासंघ, बाल शिक्षक र विद्यालय कर्मचारी परिषद् नगर समितिले गत जेठ २७ गते नगरपालिकाकालाई लिखित रूपमै ध्यानाकर्षण गराएको थियो ।

    तर, नगरपालिकाले नगर सभाबाट पारित गरेको बजेट, नीति तथा कार्यक्रममा बाल शिक्षकको तलब ३ हजार र कर्मचारीको तलबका २ हजार बढाउने उल्लेख गरेको छ । सरकारले बाल शिक्षक र कर्मचारीको अहिलेको पारिश्रमिक बढाएर मासिक आठ हजार पुर्‍याएको र सम्बन्धित पालिकाले सात हजार थपेर न्यूनतम पारिश्रमिक १५ हजार रुपैयाँ उपलब्ध गराउने बजेटमार्फत घोषणा गरेको छ ।

    सरकारले तोकेको न्यूनतम पारिश्रमिक नगरपालिकाले बजेटमार्फत कार्यान्वयनमा नल्याउँदा आन्दोलनमा उत्रिनु परेको शिक्षक महासंघ नगर समितिका अध्यक्ष गणेश गिरीले जानकारी दिए ।

    नगरभित्र ५७ जना बाल शिक्षक, मावि स्तरका कर्मचारी १६ जना, आधारभूत स्तरका कर्मचारी १६ जना र प्रावि स्तरका कर्मचारी १५ जना रहेका छन् ।

    नगरपालिकाले अहिले बाल शिक्षकलाई मासिक ७ हजार ५ सय, मावि स्तरका कर्मचारीलाई ११ हजार ५ सय, आधारभूत स्तरका कर्मचारीलाई ७ हजार ५ सय र प्रावि स्तरका कर्मचारीलाई ४ हजार ५ सय मासिक तलब दिँदै आएको छ ।

    यता सरकारले तोके अनुसारको पारिश्रमिक भद्रपुरले नदिने बजेटमार्फत जानकारी गराइरहेको बेला जिल्लाका अन्य स्थानीय तहले भने बाल शिक्षक र कर्मचारीको तलब सरकारले तोके अनुसार दिने बजेटमा उल्लेख गरेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.