झापा । आगामी बजेट मार्फत युवा स्वरोजगार तथा उच्च प्राविधिक शिक्षामा जोड दिन एमाले युवा नेताहरुले माग गरेका छन् ।
बिर्तामोड नगरपालिका ३ नम्बर वडाकमिटीले नगर समक्ष आगामी बजेटमा युवा लक्षित तथा विध्यावारिधीका लागि सहयोग र सहकार्यको लागि अनुरोध सहितको ज्ञापनपत्र नगर प्रमुख ध्रुबकुमार शिवाकोटी लाई हस्तान्तरण गरेको छ।
वडा अध्यक्ष कुमार बुढाथोकी ,युवा परिषद झापाका अध्यक्ष मदन बुढाथोकीले संयुक्तरूपमा ज्ञापनपत्र नगरपालिकालाई बुझाएका छन् । नगरमा धेरै युवा विभिन्न कार्यमा योग्य भएपनी स्थानीय सरकारले सदुपयोग गर्न नसकेको र कति युवा आर्थिक अभावका कारण आफुले चाहेको विषय पढ्न नपाइरहेकोले नगर समक्ष युवा मैत्री बजेटको लागि ध्यानाकर्षण गराइएको अध्यक्ष बुढाथोकीले बताए ।
Advertisement
युवाहरूलाई सम्बोधन गरेर यो आगामी बर्ष २०७८/ ७९ को बजेट ल्याउने नगर प्रमुख शिवाकोटीले बताए ।







