• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

आफैं खरिद गरेर खोप ल्याउन प्रदेश सरकार समक्ष सांसदको माग


  •    संवाददाता/ शुक्रबार, जेठ २८, २०७८  

  • २८ जेठ, विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने सांसदहरुले विकासलाई जनआकांक्षासँग जोड्न माग गरेका छन् । उनीहरुले माटो बेचेर व्यापार गर्ने सरकारको योजनाविरुद्ध माटो बचाउन अभियान चलाउनु पर्नेमा जोड दिएका छन् ।

    सांसद कृष्णकुमारी राईले संविधानले हरेक नागरिकलाई आवासको व्यवस्था गरिने उल्लेख गरेको र कसैको बास उठाइने छैन भने पनि २०३६ सालदेखि बसेका मानिसलाई झापाको दमक नगरपालिकाले उठाएको भन्दै उनीहरुको व्यवस्थापन गर्न माग गरिन् । “के त्यो नियमसंगत भयो त ? कानुन हामीले बनाउने होइन ? के जनताले हामीलाई सरकामा पठाएको होइन ? अनि जनताको घर र बसोबास उठाउने कानुन हामीले बनाउने हो ?,” राईले भनिन्, “२०४३ सालमा दमक जाँदा त्यहाँ बस्ती थियो र अहिले उनीहरुको त्यो बस्ती उठेको छ । सरकारको धारणा आउनु पर्छ । दमक नगरपालिकाले नमूना बस्ती बनाएको रहेछ । दुईओटा एउटा खोलाको बाँध बाहिर र बाँध भित्र बनाएको छ । त्यो बस्तीमा शव आउँछ । शव जलाउने ठाउँमा कसरी बस्न सक्छन् रु बाँच्ने आधार के हो ?”

    Advertisement

    सांसद विद्यानन्द चौधरीले घिनाघाट–विराटचौक सडक अनि रंगेली–विराटनगर हुलाकी मार्ग निर्माणाधीन रहेकाले मोरङको कटहरीबाट झोराहाट जोड्ने सडक पीच गर्न सके दुबै चारलेन सडक जोड्न सहज हुने बताए ।

    Advertisement

    सांसद मोहनकुमार खड्का राणाले सत्ता टिकाउन चारकोसे झाडी सकेको र पंचायतले पनि चारकोसे जंगलमै प्रहार गरेको र अहिलेका संघीय सरकारले नेपालको माटो पनि बेच्ने नीति तथा कार्यक्रम ल्याएको भन्दै त्यो नटिक्ने बताए । “राणा र पंचायतका कारण कतै कतैमात्र चारकोसे देखिन्छ । पानीको मुहान सकिने भएकाले प्रदेश सरकारको धारणा के हो सरकारले भन्नुपर्छ,” उनले भने, “माटो बचाउ अभियान चलाउनु पर्छ । प्रदेश सरकार एकपछि अर्को सांसदलाई बुख्याँचा बनाइरहेको छ । प्रदेशबासीले आम नागरिक र स्वास्थ्यकर्मीलाई खोप माग गरेको थियो । आम नगारिकको लागि खोपको व्यवस्था भएन ।”

    सांसद मोहम्मद ताहिर मियाँले सुनसरीको हरिनगरा जोड्ने पुल निर्माणमा भएको ढिलासुस्तीले बाढीको बेला सुरु हुने बर्खा लाग्न लागेकाले जनता त्रासमा रहेको बताए । सांसद रामचन्द्र लिम्बूले खेती किसानी गर्ने बेलामा जनताले मल नपाउने समस्याले सधैँ कठिन हुने गरेको बताए । भने, “अनुदानको भरमा मात्र कोरोनाविरुद्धको खोप लगाउनु पर्ने अवस्था छ । अब प्रदेश सरकारले पहल लिनुपर्छ ।”

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.