• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

शैक्षिक सत्रको सुरुवातमै विद्यार्थीको हातमा पुस्तक पुग्ने


  •    संवाददाता/ बिहिबार, जेठ २७, २०७८  

  • जेठ २७,काठमाण्डौ । कोरोना र निषेधाज्ञाका कारणले गर्दा यो वर्षको शैक्षिक सत्र ढिला गरी असारदेखि सुरु हुँदैछ । अघिल्ला वर्षहरूमा शैक्षिक सत्र सुरु भएको पाँच छ महिना बित्दासमेत विद्यालयमा पुस्तक नपुगेका समाचार आउने गर्थे । तर यो वर्ष पाठ्यपुस्तक विद्यार्थीसम्म समयमै पुग्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले जनाएको छ ।

    कक्षा एकदेखि १० सम्मका सबै पाठ्यपुस्तक अहिले सातवटै प्रदेशको प्रादेशिक केन्द्रमा पुर्याइ सकिएको र देशभर रहेको एघार सयभन्दा धेरै बिक्रेताहरुबाट बिक्रीवितरण भइरहेको केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले जानकारी दिए ।

    Advertisement

    उनले भने ‘प्रदेश १ को विराटनगर, दुई नम्बर प्रदेशको जनकपुरमा रहेको प्रादेशिक कार्यालयमा किताब पुर्याइ सकिएको छ।’ वाग्मती प्रदेशको लागि केन्द्रबाट पनि बिक्रीवितरण हुने गरेको छ । यस्तै चितवनको भरतपुरमा रहेको कार्यालयबाट वाग्मती प्रदेशका केही जिल्ला र दुई नम्बर प्रदेशका केही जिल्लामा किताब बिक्री हुने गरेको छ । नवलपरासी, बुटवल, नेपालगञ्ज र पोखरामा पनि केन्द्रीय कार्यालयहरु रहेका छन् । यस्तै सुर्खेत र धनगढीमा रहेका प्रादेशिक कार्यालयहरुमा पनि किताब पुगिसकेका छन् ।

    Advertisement

    केन्द्रले गर्नुपर्ने सबै काम पूरा गरिसकेकाले अरु खालका समस्या नभएमा शैक्षिक सत्रको सुरुवातमै सबै विद्यार्थीको हातमा पुस्तक पुग्ने उनले बताउए । सातवटै प्रदेशको प्रादेशिक कार्यालयमा किताब पुगिसकेको भए पनि निषेधाज्ञाका कारणले देशको कुनाकाप्चासम्म पुग्नका लागि केही समय भने लाग्न सक्ने उनको भनाइ छ ।

    शैक्षिक सत्र असारदेखि सुरु हुने भए पनि केही समय भर्ना अभियान चल्छ । त्यसपछि पढाइ सुरु हुँदासम्म विद्यार्थीको हातहातमा किताब पुगिसक्ने पनि आचार्यले बताए । निषेधाज्ञाका कारण ढुवानीमा समस्या हुन नदिन सम्बन्धित पालिकालाई समन्वय गरिदिन पनि केन्द्रले आग्रह गरेको छ ।

    दुईरतीन वर्षयता फाट्टफुट्ट रुपमा बाहेक किताब अभाव भएको गुनासो आएको छैन । ‘हामीले केही वर्षयता समयै पाठ्यपुस्तक छपाइ गर्ने गरेका छौँ । किताब कुनै सिजनमा छाप्ने होइन, वर्षभरि नै छाप्ने हो । अहिले पनि हामीले अर्को शैक्षिक सत्रका लागि किताब छापिरहेका छौँ ’।

    यो शैक्षिक सत्रका लागि एक करोड ८४ लाख थान किताब छापिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.