जेठ २६,काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका शीर्ष नेताहरूलाई छलफलका लागि सभामुख अग्निप्रसाद सापकोटाले बोलाएका छन् ।
बुधवार एक विज्ञप्ति निकालेर सभामुख सापकोटाले प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई छलफलमा बोलाएका हुन् ।
सभामुखले पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते दिउँसो दुई बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बोलाएका छन् ।
Advertisement







