• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

इक्यानको संयोजनमा ‘एक व्यक्ति एक सिलिन्डर’ अभियानका लागि २० सिलिन्डर सहयोग


  •    संवाददाता/ मङ्गलबार, जेठ ०४, २०७८  

  • झापा । अक्सिजन सिलिन्डर बैंक स्थापना गर्न एकका लागि एक अभियानले सुरु गरको ‘एक व्यक्ति एक सिलिन्डर’ सहयोग अभियानअन्तर्गत नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) झापाको संयोजनमा तीन लाख रुपैयाँ प्रदान गरेको छ ।

    ईक्यान झापाले मंगलबार अभियानको सचिवालय सहारा नेपाल केन्द्रीय कार्यालय चारपानेमा २० थान अक्सिजन सिलिन्डरबापतको रकम हस्तान्तरण गरेको हो । ईक्यान झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेलले सहयोगी दाताबाट प्राप्त रकम अभियानका संयोजक महोन्द्रकुमार गिरीलाई सो रकमको चेक प्रदान गरेका छन् ।

    Advertisement

    संघले आग्रह गरेपछि अस्ट्रेलियन हार्बर इन्टरनेसनल कलेजले एक लाख रुपैयाँ सहित अन्य ७३ वटा संस्था तथा ब्यक्तिहरुको सहयोगमा सो रकम हस्तान्तरण गरिएको सचीव मदन बुढाथोकीले बताए । उनले भने- ‘सहयोगी हातहरुले इक्यान लाई मात्र होईन झापालाई यो संकटमा सहयोग गरेको छ।’

    Advertisement

    परदेशमा रहेर पनि अस्ट्रेलिया बाट यो अभियानलाई सहयोग गर्ने हार्बर कलेजका संञ्चालक सुमन भेट्वाल मात्रिका बिमली र नेपाल रहेका मुकेश धमला सर र थ्री बिज अस्टेलियाका सञ्चालक तिर्थ खतिवडा लगायत प्रती कृतज्ञ रहेको सचीव बुढाथोकीले बताए ।

    रकम संकलनका लागि इक्यान केन्द्रीय कार्यसमितिका पदाधिकारी, इक्यान पूर्वाञ्चल, इक्यान चितवन लगयत सम्पूर्ण इक्यानमा आबद्ध संस्थाले सहयोग गरेको ईक्यानका केन्द्रीय सदस्य तथा झापाका सल्लाहकार पुष्पराज भट्टराई, ईक्यान झापाका उपाध्यक्ष मिलन ओली , कोषाध्यक्ष राज कार्की चेक हस्तान्तरण कार्यक्रममा सहभागी थिए ।

    अध्यक्ष कट्टेलले अक्सिजन अभावमा कसैले मृत्युवरण गर्ने अवस्था नआओस भनेर सहयोग गरिएको बताए । कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेत, सदस्य गजेन्द्र पौडेलको सहभागिता थियो । अभियानका सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले कार्यक्रम सञ्चालन गरेका थिए ।

     

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.