हल्दिवारी । झापाको हल्दिवारी गाउँपालिकामा कोभिड -१९ का नयाँ संक्रमीत हरुको संख्या १ सय पुगेको छ ।
हल्दिवारीका फोकल पर्सन तथा स्वास्थ्य शाखा प्रमुख पुष्कर निरौलाका अनुसार १० बालबालिका सहित १ सय जनामा कोरोना संक्रमण देखिएको छ ।
आज सोमबार नयाँ ४ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए । उनका अनुसार वडा नम्बर १ का २ जनाको Antigen टेस्ट पोजेटिभ आएको छ भने वडा २ को १ जना र वडा नम्बर ४ को २ बर्षको बालकको पिसिआर रिपोर्ट पोजेटिभ पुष्टि भएको छ । स्वास्थ्य प्रमुख निरौलाका अनुसार २ जनाको अस्पतालमा उपचार भइ रहेको छ भने २० जना निको भएर घरमै रहनु भएको छ भने ७८ जना होम आइसोलेसनमा बसेर स्वास्थ्य उपचाररत रहनु भएको छ ।
हल्दिवारी गाउँ पालिका भित्र १० बालबालिकालाई संक्रमण देखिनु र दिनदिनै कोरोना संक्रमितहरुको संख्या बडदै जानुलाई स्वास्थ्य शाखाले गम्भीरताका साथ लिएको भन्दै लकडाउनलाई कडाईका साथ लागू गरि थप संक्रमण बढन नदिन सबै हल्दिवारी बासिमा आग्रह गरेको छ ।







