झापा । कोरोना संक्रमित झापा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङको निधन भएको छ । स्वासप्रश्वासमा समस्या आएपछि उहाँको बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचार भइरहेको थियो ।
उहाँलाई वैशाख १० गते एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । लामो सयमको उपचारमा पनि उहाँको स्वास्थ्यमा सुधार आउन सकेको थिएन । उपचारकै क्रममा आज बिएण्न्डसी हस्पिटलमा निधन भएको हो । उहाँको निधनबारे झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले पुष्टि गर्नुभएको छ ।
उहाँको २ बजेर ३० मिनेटमा निधन भएको प्रजिअ तिमल्सिनाले जानकारी दिनुभयो । उहाँलाई वैशाख १७ गते थप उपचारका लागि बिएन्डसीमा भर्ना गरिएको थियो । संक्रमणपछि केही दिन आफ्नै क्वाटरमा तथा २ दिन अर्जुनधारा नगरपालिकाले स्थापना गरेको आइशोलेसनमा राखिएको थियो ।
Advertisement







