भारत । चन्डीगढमा विपन्न समुदायका एक व्यक्तिले आफ्नी ११ वर्षीय छोरीको शव आफ्नो काँधमा उठाएर जालन्धर शहरस्थित कब्रगाह लगेका छन् । उनी बालिकाको कोभिड १९ का कारण मृत्यु भएको थियो ।
दिलिप नामका यी व्यक्तिका अनुसार अघिल्लो आइतबार उनकी छोरीको मृत्यु भएको थियो । यो भिडियो गत सोमबारको हो, जतिबेला उनी चिहान खोज्दै हिँडेका थिए । उनले भने, ‘ म एक गरिब व्यक्ति हुँ । कोही पनि छोरीको दाहसंस्कारका लागि मलाई सहयोग गर्न अघि सरेनन् । त्यसैले मैले काँधमै उसको शव बोकेर लैजाने फैसला लिएँ ।
Advertisement







