• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

मेची नदी किनारमा सङ्क्रमितको शव जलाउन दिनेमा पाठामारीबासी सहमत


  •    संवाददाता/ शुक्रबार, बैशाख ३१, २०७८  

  • झापा । दक्षिणी झापाको कचनकवल गाउँपालिका- ५ पाठामारीस्थित मेची नदी किनारमा कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्न दिनेमा स्थानीयवासी सहमत भएका छन् ।

    गाउँघर नजिकै सङ्क्रमितको शव व्यवस्थापन गर्न नदिने भन्दै विरोधमा उत्रिएका स्थानीयवासी आफ्नो अडानबाट पछि हट्दै सङ्क्रमितको दाहसंस्कार गर्न दिनेमा सहमत भएका हुन् ।

    Advertisement

    गाउँमा शुक्रवार बसेको स्थानीयको एक भेलाले कोरोना सङ्क्रमितको शव माटोमा गाड्न नदिने बरु शवलाई जलाउन दिने भन्दै निर्णय गरेका छन् । उक्त निर्णयलाई कार्यान्वयन ल्याउन स्थानीय सरकार र प्रशासनसमक्ष आग्रह समेत गरेका छन् ।

    Advertisement

    कोरोना सङ्क्रमणका कारण मृत्यु भएका पालिकावासीलाई मेची नदी किनारसँगै रहेको पाठामारी बस्ती नजिकै माटोमा गाड्ने कार्यले गाउँघरमा कोरोना संक्रमण जस्तो प्राणघातक रोग फैलिने सक्ने बैठकले निष्कर्ष निकाल्दै शवलाई जलाउने व्यवस्था मिलाउन सरोकारवाला पक्षसमक्ष माग राखेको स्थानीय धर्मप्रसाद गणेशले जानकारी दिए ।

    सङ्क्रमितको शवलाई मेची नदी किनारामा गाड्ने प्रयास भएपछि स्थानीयवासीले प्रतिवाद गर्नुपर्ने विडम्बना आएको भन्दै स्थानीय भरतकुमार गणेशले भने,‘नदीको घाटमा जलाउने व्यवस्था मिलाए सङ्क्रमितको शव बोकेको एम्बुलेन्सलाई गाउँवासीले अवरोध गर्दैनन् ।’

    गाउँवासीको मागलाई उल्लङ्घन गर्दै पुनः सङ्क्रमितको शवलाई गाड्ने काम गरियो भने त्यसको प्रतिकारमा गाउँवासी उत्रिने उनको भनाई छ ।

    पछिल्लो पटक कचनकवल गाउँपालिका- ७ स्थित बालुवाडी निवासी अन्दाजी ६० वर्षीय संक्रमित पुरुषको मेची कोभिड उपचार केन्द्र भद्रपुरमा बुधवार बिहान ३ बजे मृत्यु भएको थियो । सङ्क्रमितको शवलाई खाल्डो खनेर गाड्न खोजिएपछि त्यहाँका स्थानीयवासीले शव बोकेको एम्बुलेन्सलाई बाटैमा रोकेर अवरोध गरेका थिए ।

    स्थानीयले सडकमै ठूल्ठुला ढुङ्गा राखेर करिब पाँच घण्टा सडक अवरोध गरेपछि घटनास्थलमा ठुलो सङ्ख्यामा सशस्त्र र नेपाली प्रहरी परिचालन गरिएको थियो ।

    अन्ततः सुरक्षाकर्मीले बल प्रयोग गरेर त्यहाँबाट शव बोकेको एम्बुलेन्सलाई मृतककै घर नजिकै लगेर दाहसंस्कार गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.