इलाम । माईजोगमाईमा कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वडा नं ५ का ९४ बर्षिय बृद्ध रहेको माईजोगमाई स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई बैशाख १३ गते अस्पताल लगिएको थियो ।
Advertisement
बैशाख १४ गते पिसिआर परिक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको थियो । उपचारको क्रममा उनको मेची अञ्चल कोभिड अस्पतालमा मृत्यु भएको हो ।
यो संगै इलाममा नयाँ भेरियन्ट सहितको कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । माईजोगमाईमा हाल कोरोनाबाट ५ जना संक्रमित भइसकेका छन् ।







