• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

प्रदेश १ मा ६ जना कोरोना संक्रमितको मृत्यु


  •    संवाददाता/ बिहिबार, बैशाख १६, २०७८  

  • १६ वैशाख, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पाँच जनाको अस्पतालमा र एकजनाको होम आइसोलेसनमा मृत्यु भएको हो ।
    विराट मेडिकल कलेजमा ६२ वर्षीया महिलाको मृत्यु भएको छ । विराट कोभिड–१९ अस्पतालका इन्चार्ज सुनिल देवका अनुसार सुनसरीको इटहरी–४ की ६२ वर्षीया महिलाको बुधबार राति १०ः४० बजे मृत्यु भएको हो ।

    झापाको अर्जुनधारा–६ का ३५ वर्षीय पुरुषको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि वैशाख ४ गते अस्पताल भर्ना भएका थिए । मृतकमा श्वासप्रश्वास र ज्वरोको समस्या थियो ।

    Advertisement

    नोबेल मेडिकल कलेजमा सिरहाको गोलबजार–१२ का ४८ वर्षीय पुरुषको मृत्यु भएको छ । कलेजका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार राति १२ बजे संक्रमितको मृत्यु भएको हो । उनलाई उपचारका लागि बुधबार राति १०ः३० बजेतिर अस्पताल ल्याइएको थियो ।

    Advertisement

    वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जनाको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डाक्टर चुरामणि पोखरेलका अनुसार सप्तरीका २४ वर्षीय युवक र धनुषका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

    सप्तरीका युवकको उपचारका क्रममा बिहीबार बिहान करिब १२ः १० मा मृत्यु भएको हो ।
    मृतक युवकमा वैशाख ९ गते कोरोना पोजिटिभ देखिएको थियो । मधुमेहका बिरामी युवकलाई वैशाख १३ गते सोमबार प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो ।

    धनुषाका ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । वैशाख १० गते संक्रमण पुष्टि भएपछि उनलाई सोही दिन प्रतिष्ठानमा भर्ना गरिएको थियो । मधुमेहको समस्याबाट पीडित बिरामीको अवस्था गम्भीर हुदै गएपछि बुधबार अपरान्ह सवा ३ बजे मृत्यु भएको थियो ।

    कोरोना संक्रमणका कारण सुनसरीको इनरुवामा एकजनाको मृत्यु भएको छ । इनरुवा नगरपालिका– ३ की ८४ वर्षीया वृद्धाको मृत्यु भएको हो ।

    वडा अध्यक्ष कालुराम गुरुङका अनुसार बुधबार राति ८४ वर्षीया वृद्धाको घरमै मृत्यु भएको हो । मृतक वृद्धाको घरका सात जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.