• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

भारतमा चौबीस घण्टामा तीन लाख ५३ हजारमा कोरोना संक्रमण, दुई हजार ८१२ को मृत्यु


  •    संवाददाता/ मङ्गलबार, बैशाख १४, २०७८  

  • बैशाख १४, काठमाडौं । तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको भारतमा पछिल्लो चौबीस घण्टामा दुई हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ९५ हजार १२३ पुगेको छ । हरेकदिन भारतमा कोरोना संक्रमण संक्रमण र मृत्यु दर बढ्दै गएको छ ।

    पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ५२ हजार ९९१ जनामा कोरोना संक्रमण भएको तथ्यांक छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमितको संख्या १ करोड ७३ लाख १३ हजार १६३ पुगेको तथ्यांक छ ।

    Advertisement

    कोरोना नियन्त्रणका लागि भारतले कोरोना अति प्रभावित क्षेत्रमा लकडाउन गरेको छ । तर पनि संक्रमण उच्च स्तरमा फैलिरहेको छ । कतिपय अस्पतालमा अक्सिजन नपाएर संक्रमितहरु छटपटाइरहेका दृश्यहरु भारतीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरिरहेका छन् ।

    Advertisement

    विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचीमा भारत अमेरिकापछि दोस्रो स्थानमा छ ।

    खुला सीमाका कारण त्यसको असर नेपालमा पनि परेको छ । रोजगारीका लागि भारत गएका नेपाली स्वदेश फर्किन थालेपछि नेपालमा पनि कोरोना संक्रमण समुदायस्तरमा तीव्र रुपमा फैलिरहेको छ । सीमावर्ती सहरमा कोरोना संक्रमितको संख्या उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले २५ जनाभन्दा धेरै भेला हुन नपाउने तथा भिडभाड हुने क्षेत्र बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपि नेपालमा पनि संक्रमण समुदायस्तरमा उच्चस्तरमा फैलिरहेको छ । अस्पतालमा बेड, आईसीयू र भेन्टिलेटरको अभाव देखिन सुरु भइसकेको छ । सरकारले अक्सिजन प्रयोग हुने उद्योगहरु अर्को सूचना नआउँदासम्मका लागि बन्द गर्न निर्देशन दिइसकेको छ ।

    ५०० धन्दा धेरै संक्रमित रहेका जिल्लामा निषेधाज्ञा लगाउने तयारी अधिकांश जिल्लाले गरिरहेका छन् । केही जिल्लामा लकडाउन सुरु भइसकेको छ ।

    नेपालमा हाल सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ छ । कोरोनाका कारण तीन हजार १७६ संक्रमितको मृत्यु भइसकेको छ ।

    नेपालमा हालसम्म तीन लाख तीन हजार ५६१ जनामा कोरोना संक्रमण भइसकेको छ ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.