• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

उच्च विन्दुबाट १०० अंकले झर्‍यो नेप्से


  •    संवाददाता/ बुधबार, बैशाख ०८, २०७८  

  • बैशाख ८, काठमाडौं । साताको चौथो कारोबार दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । आइतबार र सोमबार दुई दिनमा नै साढे ७३ अंकभन्दा माथिले घटेको नेप्सेमा मंगलबार भने साढे २ अंकको सामान्य सुधार भयो ।

    तर, मंगलबार सुधारको आशा देखिएको सेयर बजार घट्ने क्रमले आज बुधबार पुनः निरन्तरता पाएको छ । बुधबार बजार परिसूचक नेप्से ३२.४१ अंकले घट्दा २६३२.४१ अंकमा बन्द भएको छ ।

    Advertisement

    यो साताको चार कारोबार दिनमा तीन दिन ओराला लाग्दा बजार परिसूचक गत सातको अन्तिम कारोबार दिनको हालसम्मकै उच्च विन्दुबाट १०० अंकभन्दा बढीले घटेको छ ।

    Advertisement

    गत बिहीबार २७३५.४० अंकको ऐतिहासिक विन्दुमा पुगेको बजार परिसूचक चार कारोबार दिनमा नै करिब १०३ अंकले झरेको छ ।

    बजार परिसूचकसँगै कारोबार रकम पनि सुस्ताउँदै गएको छ । अघिल्लो साता ९ अर्बसम्म पुगेको कारोबार रकम बुधबार पौने ६ अर्बमा सीमित भएको छ । आज नेप्सेमा १ करोड ३७ लाख ८७ हजार २१८ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७७ करोड २२ लाख ५१ हजारको कारोबार भयो ।

    बुधबार म्युचुअल फन्डबाहेक सबै उपसूचक ओरालो लाग्दा विकास बैंक उपसूचक सर्वाधिक २.१ प्रतिशतले घटेको छ । यस्तै, बजारलाई लिड गर्ने बैंकिङ उपसूचक १.३६ प्रतिशत र वित्त कम्पनी उपसूचक १.५९ प्रतिशतले ओरालो लाग्यो ।

    आज नेप्सेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कारोबार रकममा लिड गरेको छ । बैंकको सर्वाधिक २५ करोड ४५ लाख ९९ हजारको कारोबार हुँदा जलविद्युत् लगानी तथा विकास कम्पनीको २२ करोड ६ लाख २५ हजार रुपैयाँको कारोबार भयो ।

    नेप्से लगातार घट्दा पनि ज्योति लाइफ, महिला लघुवित्तको सेयर मूल्यमा लगातार रुपमा सकारात्मक सर्किट लाग्ने क्रमले आज पनि निरन्तरता पाएको छ । नयाँ सूचीकरण भएर नेप्सेमा चैतदेखि कारोबार सुरु भएका दुवै कम्पनीमा आज पनि सकारात्मक सर्किट लागेको हो ।

    यस्तै, आज नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको छ । यता, लिवर्टी इनर्जी हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतमाथिले घटेको छ ।

    आज नेप्सेमा कारोबार भएको १५० कम्पनीको सेयर मूल्य घट्दा २१ कम्पनीको बढ्यो भने १० कम्पनीको मूल्य स्थिर रह्यो ।

    बाह्रखरी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    शरीरमा पानीको कमी भएको यसरी थाहा पाउन सकिन्छ
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.