• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
आइतबार, साउन १७, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पुरै नगरपालिका होईन बजार क्षेत्रका बिद्यालय मात्र बन्द :सरकार


  •    संवाददाता/ मङ्गलबार, बैशाख ०७, २०७८  

  • झापा । मन्त्रिपरिषद बैठकले शहरी क्षेत्रका शैक्षिक संस्थाहरुको भौतिक पठन–पाठन बन्द गर्ने निर्णय गरेको छ । तर, सरकारले देशैभरिका अन्य विद्यालयहरु भने बन्द गरेको छैन ।
    मन्त्रिपरिषदबाट तोकिएका स्थानका शैक्षिक संस्थाहरुमात्रै बन्द हुनेछन्, बाँकी ठाउँका विद्यालयको पठनपाठन सुचारु हुनेछ ।
    सरकारले आजबाट लागु हुनेगरी सहरी क्षेत्रका बिद्यालय बन्द गर्ने निर्णयमा झापाको मेचीनगर, बिर्तामोड र दमक पनि उल्लेख छ । ती नगरपालिकाका सबै क्षेत्रमा विद्यालय बन्द नहुने सरकारले स्पष्ट पारेको छ ।
    उक्त नगरपालिकाका बजार क्षेत्रका बिद्यालय मात्रै बन्द हुने स्पष्ट पारेको हो । सरकारका प्रबक्ता समेत रहनु भएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले झापाको काकरभिट्टा सहरका बिद्यालयसँगै बिर्तामोड र दमकका पनि पूरै नगरपालिका क्षेत्रका बिद्यालय नभइ सहरी क्षेत्रका बिद्यालय मात्रै बन्द गर्ने निर्णय गरेको बताउनुभयो ।
    ‘हामीले पुरै नगरका बिद्यालय बन्द गर्ने भनेको छैनौं’, मन्त्री गुरुङले भन्नुभयो, पूरै नगरपालिका क्षेत्रका बिद्यालय बन्द गर्ने निर्णय भएको होइन ।’
    यता बिर्तामोडको सवालमा यस बिषयमा शिक्षा समिति र बिद्यालयका  प्रधानाध्यापकहरुको बैठक बसी थप निर्णय गरीने नगर शिक्षाप्रमूख तिलचन भण्डारीले बताउनुभयो ।
    कोरोना संक्रमण बढेपछि हिजो बसेको मन्त्रि परिषदको बैठकले आजदेखि लागु हुने गरी झापाका काकरभिट्टा, बिर्तामोड र दमकसहित देशभरका सहरी क्षेत्रका बिद्यालय बैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।

    Advertisement

    Advertisement

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    ताजा अपडेट
    • शरीरमा आयोडिनको कमी हुँदा यस्ता समस्या देखिन्छन्
    • शिक्षासेवीबाट जनसेवामा अघि बढ्दै शैक्षिक अभियान्ता खनाल
    • अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश, उपाधिका लागि स्पेनसँग खेल्ने
    • शैक्षिक परामर्श संघसंस्थाद्वारा आन्दोलन घोषणा
    • स्पेन विश्वकपको फाइनलमा, उपाधि दाबेदार टोली फ्रान्सको यात्रा समाप्त
    • विश्वविद्यालय र अन्तर्गतका आङ्गिक क्याम्पसमा १० प्रतिशत छात्रवृत्ति
    • म्याङलुङ क्याम्पसको अनुसन्धान प्राध्यापकमा डा.शाह नियुक्त, सर्वत्र प्रशंसा
    • काठमाडौँ उपत्यकाबाट बाहिरिने सबै नाका बन्द
    • आदर्शमा ‘हाम्रो विद्यार्थी-हाम्रो भविष्य’ विषयक अन्तरक्रिया
    • आज २१३औं भानु जयन्ती

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.