काठमाडौं । काठमाडौं, कैलाली, धादिङ, महोत्तरी र मोरङमा पाँचजना मृत अवस्थामा फेला परेका छन् । काठमाडौं, दक्षिणकाली नगरपालिका–८ केरावारीस्थित वाग्मती नदी किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, मोहन्याल गाउँपालिका–७ त्रिवेणी धामस्थित कर्णाली नदीको किनारामा सुर्खेत चौकुने गाउँपालिका–१० बस्ने ४० वर्षीय चक्र बहादुर शाही मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।
धादिङ, बेनिघाट रोराङ गाउँपालिका–५ चरौदीस्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
महोत्तरी गाउँपालिका–१ पर्साटोल बस्ने गणेश दासकी छोरी १५ वर्षीया रानी दास घर नजिक खेतमा मृत अवस्थामा फेला परेकी छिन् ।
मोरङ, बिराटनगर महानगरपालिका–१६ दक्षिण गेट नजिक चौरमा हाल नाम, थर, वतन नखुलेकी करिब २५ वर्षीया महिला मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।
बाह्रखरी







