झापा । बिर्तामोड ७ गरामनीका दुई युवालाई कुटपिट गरि घाइते बनाएको र उपचार समेत नगरेको भन्दै सन्थाल युवा समाजले बिरोध जनाएको छ।
घाइते सुमन हेमरम र अर्जुन मर्डीको उपचार र क्षतिपूर्तिको माग गर्दै इलाका प्रहरी कार्यालय परिसरमा प्ले कार्ड सहित समाजले बिरोध जनाएको हो ।
स्थानीय एक युवाले गत चैत २५ गते सामान्य कुरामा विवाद हुँदा सुमन र अर्जुनलाई कुटपिट गरी सिसाका बोतलले प्रहार गर्दा टाउको र शरीरका अन्य भागमा चोटपटक लागेको समाजका अध्यक्ष छबि मुर्मुले बताए ।

ट्रयाक्टरमा ड्राइभर र लेवरको काम गर्ने उनीहरुको आर्थिक अवस्था समेत नाजुक भएकोले दोषीमाथी कारबाही र घाइतेको उपचार गर्नुपर्ने माग गरेको मुर्मुले बताए ।
सुमन र अर्जुनको हाल बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
दोषीलाई हाल सम्म पनि प्रहरीले पक्राउ नगरेको भन्दै न्यायको लागि उचित पहल गरिदिन सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन सडकमा उत्रिएको युवाहरुले बताएका छन् ।
घाईतेहरुको उपचार भईरहे पनि अस्पतालमा तिर्ने पैसा नभएको परीवारको भनाई छ । न्याय दिन भन्दै प्रहरीमा दिएको उजुरीको कुनै सुनुवाइ नभएको परीवारको गुनासो छ ।







