• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

कोरोनाको नयाँ भेरिएन्टका कारण स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आउन सक्छ : सरकारको चेतावनी


  •    संवाददाता/ बुधबार, बैशाख ०१, २०७८  

  • काठमाडौं । अस्पताल भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका रहेका छन् । गएको २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ५२ जना १७ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिका रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै मङ्गलवार हिजो ४८ जना १९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्याङ्कले नेपालमा कोरोना जोखिम अत्यन्तै संवेदनशील अवस्थामा पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलले बताए।

    Advertisement

    स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डाक्टर पौडेलले कम उमेरमा सङ्क्रमण पुष्टि र अस्पताल भर्ना हुने दर दुवै बढेकोले कतै हाम्रो स्वास्थ्य प्रणालीले धान्नै नसक्ने अवस्थामा पुग्ने त हैन १ भन्ने चिन्ता बढेको बताए।

    Advertisement

    कान्ति बाल अस्पतालका निर्देशक प्राध्यापक डाक्टर आरपी बिच्छाले अस्पताल भर्ना हुनेमध्ये १० देखि १८ प्रतिशत सङ्क्रमित बालबालिका रहेको भन्दै यसले चिन्तित बनाएको बताए ।

    यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले अस्पताल भर्ना हुनेहरूमा ५० प्रतिशतभन्दा धेरै ५० वर्षमुनिका रहेका भन्दै यसअघिको अवस्था भन्दा फरक रहेको र बढी जटिल अवस्थाको सङ्केत रहेको बताए ।

    नेपालमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरस बेलायत र भारतमा देखिएका नयाँ भेरिएन्ट पनि रहेको भन्दै निर्देशक पौडेलले यी भेरिएन्टहरूको सङ्क्रमण र मृत्युदर दुवै उच्च रहेको बताए । नयाँ भेरिएन्टले कम उमेर समूहकालाई समेत गम्भीर अवस्थामा पुर्‍याउने भएकोले बच्नका लागि थप सावधानी अपनाउनुपर्ने उनले बताए।

    अहिले विद्यालय र सार्वजनिक यातायातमा बढी जोखिम देखिएकाले ती ठाउँमा बढी सावधानी अपनाउन पनि डा. पौडेलले बताए।

    उज्यालो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.