झापा । नयाँ बर्षको उपलक्ष्यमा ग्लोरी अङ्ग्रेजी बिद्यालय कक्षा ९ का विद्यार्थी र ग्लोरी बालक्लबको समन्वयमा बिद्यालय परिसरमा बृक्षारोपण गरिएको छ।
धुपी,असोक,लगायतका ६० वटा बिरुवा रोपिएको क्लबका अध्यक्ष रक्षा बजगाईले बताइन । विद्यार्थी महम्मद समिमको जन्मदिन समेत परेकाले सो अवसरमा सरसफाइ बृक्षारोपण तथा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको बिद्यालयका फोकल पर्सन सुमन प्रसाइले जानकारी दिए।
Advertisement







