• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

बालविवाहविरुद्ध सक्रिय हुँदै अभिभावक


  •    संवाददाता/ मङ्गलबार, चैत ३१, २०७७  

  • डोटी। जिल्लामा बालविवाहविरुद्ध अभिभावक उत्रन थालेका छन् । जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् । पछिल्लो समय यहाँका अभिभावक विभिन्न सङ्घसंस्थाको सहयोगमा बालविवाहको अन्त्यका लागि लागिपरेका छन् ।

    जिल्लामा रहेको छाउपडी प्रथा तथा बालविवाह अन्त्यका लागि अभिभावक सक्रिए हुन थालेका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–८ लडागडाका स्थानीय अभिभावक बालविवाहका कारण छोरीहरु आधारभूत बालअधिकारको अवसरबाट समेत बञ्चित हुने अवस्था उत्पन्न भएपछि बालविवाहविरुद्धको अभियानमा सक्रिय हुन थालेका छन् ।

    Advertisement

    वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारीमा जुटेपछि बालविवाहविरुद्धको अभियानमा साथ दिने प्रतिबद्धता जनाउँदै अभिभावक पनि सक्रिय भएका हुन् । विगतदेखि डोटीलगायत यहाँका अन्य जिल्लामा बालविवाह तथा छाउपडीप्रथा कायमै रहेका कारण कयौँको ज्यान गएकाले आफूहरु उक्त अभियानको अन्त्यका लागि सक्रिय भएको अभियानमा सहभागी अभिभावक भागादेवी लुहारले बताए । उनले भने, “जिल्लामा बालविवाह गर्ने क्रम बढेकाले हामीले त्यसको अन्त्यका लागि अभियान चलाएका छौँ, बालविवाह अन्त्य गरेरै छाड्छौँ ।” छोराछारीको २० वर्ष नपुगी विवाह गर्नेलाई कानूनी दायरामा ल्याउन सघाउने उनले जानकारी दिए ।

    Advertisement

    त्यस्तै कानूनी व्यवस्थाले बिहेबारीमा ढिलाइ हुँदा किशोरीले अभिभावकको मञ्जुरीबिनै आफूखुशी २० वर्ष नपुग्दै भागीविवाह गर्ने समस्या बढ्दै गएको अर्का स्थानीयवासी गोपी साउदले बताउनुभयो । उनले भने, “अहिले विभिन्न संस्थाले काम गरेर हामीलाई थाहा भयो । हामी आफ्ना छोराछोरीलाई कम्तीमा पनि २० वर्षभन्दा पहिले विवाह गर्न दिँदैनौँ, अरुलाई पनि हुन दिँदैनौँ ।” जिल्लाका विभिन्न समुदाय तथा जातजातिमा छोरीको १७÷१८ वर्षकै उमेरमा विवाह गरिदिने चलन कायम रहेको विभिन्न सङ्घसंस्थाको तथ्याङ्कमा उल्लेख छ ।

    बालविवाह लुकीछिपी प्रशस्तै हुने गरेको भए पनि गएको दुई आवमा जम्मा चारवटा मात्रै मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले बताए । उनले भने, “बालविवाह तथा छाउपडी प्रथा जताततै कायम छ भन्ने सुनिन्छ, तर मुद्दा कसैले हालेका छैनन्, गएको दुई वर्षमा जम्मा दुईवटा मात्रै मुद्दा परेका छन्, मुद्दा नै नपरे प्रहरीले कसरी थाहा पाउने ।” यहाँका महिला आधारभूत तह शिक्षाको अवसर पनि नपाएका र सानैमा विवाह गरी आमा बनेका छन् ।

    पछिल्लो समय जिल्लामा बालविवाहलाई कम गर्न अभिभावक शिक्षा दिन थालिएको सामुदायिक विकास मञ्चका पूर्वअध्यक्ष भक्तबहादुर सिंहले जानकारी दिए । उनका अनुसार जिल्लाका अधिकांश वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने अभियानलाई गैरसरकारी संस्थाले पनि सहयोग गरिरहेका छन् ।

    गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामुदायिक विकास केन्द्र डोटीको आयोजनामा दिपायल सिलगढी नगरपालिका–८ लडागडाका विभिन्न टोलमा अभिभावकलाई बालविवाहविरुद्ध टोल शिक्षा दिएको उक्त संंस्थाका शिक्षा अधिकृत यज्ञराज बडूले बताए । उनले भने, “बालविवाह अन्त्यका लागि हामीले अभिभावकलाई टोल शिक्षा तथा बालविवाह गर्दा हुने असर बारेमा जानकारी दिन थालेका छौँ, हामीले दिएको शिक्षाले केही हदसम्म भए पनि बालविवाह हट्न सहयोग गर्नेछ ।” उक्त वडा सबैभन्दा बढी बालविवाह भएको वडाका रूपमा परेको छ ।

    मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७४ ले विवाह गर्नका लागि केटाकेटीको उमेर कम्तीमा पनि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको भए पनि जिल्लामा त्यसको खासै कार्यान्वयन नभएका कारण यहाँ बालविवाह घट्नुको साटो बढ्दै गएको कानून व्यवसायी शङ्करदीप मडैले बताएका छन् । उनका अनुसार २० वर्ष नपुगी विवाह गरेको पाइएमा वा मुद्दा दर्ता भएको खण्डमा उक्त विवाह स्वतः बदर हुने र विवाह गर्ने÷गराउनेलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको भए पनि मुद्दा दर्ता नहुँदा बालविवाहले प्रश्रय पाएको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विश्वकप क्रिकेटको समूह विभाजन, खेल तालिका सार्वजनिक
    दशैँको नयाँ नोट साट्न निश्चित दिन कुर्न नपर्ने
    बेलायतका विद्यालयमा धेरै तेलमा तारेका खानेकुरामाथि प्रतिबन्ध
    ताजा अपडेट
    • नयाँ नोट लिन सजिलो, एटिएमबाटै १०० को नोट पाइने
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.