• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • साहित्य
  • खेलकुद
  • रोचक
  • बालबालिका
  • भिडियो
×
☰
बुधबार, असोज २१, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • साहित्य
    • खेलकुद
    • रोचक
    • बालबालिका
    • भिडियो

TRENDING :

        कोरोना sandip health hikmat ausadhi akhtiyar sumana pakrau garmi बाह्रखरी
Advertisement

पत्रकार महासंघ उदयपुरमा तालाबन्दी, उम्मेदवारी दर्ता रद्द


  •    संवाददाता/ मङ्गलबार, चैत २४, २०७७  

  • काठमाडौं । नेपाल पत्रकार महासंघ, उदयपुर शाखामा पत्रकारहरुको एक समूहले ताला लगाएको छ । विवाद भएपछि उम्मेदवारी दर्तासमेत रद्द भएको छ ।

    निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै पत्रकारका विभिन्न संगठनहरुले संयुक्त रुपमा ताला लगाएको महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए । उनका अनुसार प्रेस सेन्टरको अगुवाइमा निर्वाचन कार्यक्रम रद्दको माग गर्दै सोमबार तालाबन्दी भएको हो ।

    Advertisement

    महासंघले निर्वाचन कार्यक्रम सम्पन्न गराउन बद्री काफ्लेको संयोजकत्वमा कमलबहादुर कार्की र बन्दना दनुवार सदस्य रहने गरी निर्वाचन समिति गठन गरेको थियो ।

    Advertisement

    प्रेस सेन्टरका केन्द्रीय सदस्य हरिकुमार राई, यदु ढकाल, प्रेस सेन्टर, उदयपुरका अध्यक्ष तुलसी कोइराला, प्रेस चौतारी उदयपुरका उपाध्यक्ष ईश्वर बलम्पाकी र क्रान्तिकारी पत्रकार महासंघका १ नं। प्रदेश संयोजक मधुकर थापा लगायतको टोलीले निर्वाचन समितिका संयोजक काफ्लेको भूमिका निष्पक्ष नभएको भन्दै प्रश्न उठाउँदै आएका थिए ।

    समिति संयोजक नै फेरबदल गर्नु पर्ने माग आएपछि काफ्लेको ठाउँमा कौशल चेम्जोङलाई संयोजक बनाइएको अध्यक्ष खड्काले बताए । ‘उहाँहरुले प्रश्न उठाएपछि मैले निर्वाचन समितिको संयोजक नै फेरिदिएँ, मनोनयन रद्द गर्नुपर्छ भनेपछि त्यो पनि रद्द भयो,’ अनलाइनखबरसँग उनले भने, ‘तर अहिले ताला लगाएर निर्वाचन प्रक्रिया नै रोक्न माग गर्दै निवेदन हाल्नु भएको छ ।’

    यद्यपि अहिले पनि सहमतिको प्रयास जारी रहेको उनले बताए । उत्पन्न विवादका विषयमा सबै पक्ष बसेर सहमति गर्ने प्रयास भइरहेको उनले बताए । चुनाव हार्ने डरले माधव नेपाल पक्षको प्रेस चौतारी र प्रेस सेन्टरले ताला लगाएको अध्यक्ष खड्काले आरोप लगाए ।

    प्रेस सेन्टरका केन्द्रीय सदस्य हरिकुमार राईले भने गलत नियतले निर्वाचन समितिको संयोजक नियुक्त गरिएको भन्दै आफूहरुले विमति राखेको बताए । निर्वाचन समिति संयोजकले नै कुनै एक समूहको पक्षमा लागेर मेरो समर्थन छ भन्दै विज्ञप्ति नै निकालेपछि आफूहरुले निर्वाचन समितिका सबैको राजीनामा माग गरेको बताए ।

     

    अनलाइनखबर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    यस्तो छ आजको मौसम
    ताजा अपडेट
    • विदेशमा अध्ययनका लागि जाने नेपाली विद्यार्थीको सङ्ख्या उच्च
    • दशैंको टीकाको उत्तम साइत १० बजेर २६ मिनेटमा
    • यस्तो छ आजको मौसम
    • शरणार्थीका सन्तानलाई देश छाड्न बन्देज नलगाउनू
    • सीमावर्ती क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन
    • विद्यार्थीको समस्या र संघर्षको कथा बोकेको चलचित्र ‘संघर्ष’को विशेष प्रदर्शन
    • बुद्धशान्ति १ झापा मिडिया कपको तयारी तीव्र
    • नारी सञ्चारद्वारा पत्रकारिता अभिमुखीकरण तालिम
    • अस्ट्रेलियामा विद्यार्थी भिसामा थप कडाइ, नयाँ नियम लागू
    • ओमानमा हुने लिग-२ शृङ्खलाका लागि नेपाली टोली घोषणा

    सम्पर्क

    समय संजाल मिडिया प्रा लि
    काठमाडौं
    सम्पर्क
    ९८१५९१३२०५
    ९८०७९७८४५८

    हाम्रो टीम

    संचालक /सम्पादक
    सरोज पौडेल
    ब्यबस्थापक
    उदय काफ्ले
    कार्यकारी सम्पादक
    सृजन घिमिरे
    समाचार सम्पादक
    उमेश खतिवडा

    संवाददाता

    © 2020 Samaya Sanjal | All rights Reserved.
     Website By :  nwTech.